ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ: मुख्यमन्त्री गुरुङ


admin
२४ आश्विन २०७५, बुधबार   ११ : ५५   बजे

 पोखरा, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताउनुभएको छ ।

नेकपा कास्की जिल्ला कमिटीद्वारा विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, इद, लोसार एवं माघी पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रदेशका ११ जिल्लामा पार्टी संयन्त्र निर्माण गर्दै जनभावनाअनुरुप अघि बढिरहेको बताउनुभयो ।

पार्टी सङ्गठनलाई वडा तहसम्मै व्यवस्थित गरी योग्यता, क्षमता, त्याग र रुचिका आधारमा जिम्मेवारी प्रदान गरिने उल्लेख गर्दै उहाँले विकास र समृद्धिका लागि क्रियाशील बन्न कार्यकर्तालाई निर्देशन दिनुभयो । संविधानको पूर्णरूपमा कार्यान्वयन गरी सङ्घीय संरचनाको सफलताका लागि जनस्तरसम्म पार्टीलाई पु¥याइने बताउँदै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले सरकारले गरेका महत्वपूर्ण कामलाई स्थानीय तहसम्म पु¥याउन पार्टी कमिटी र जनप्रतिनिधि सङ्गठित भएर लाग्नुपर्ने बताउनुभयो । नेकपा प्रदेश अध्यक्ष हितराज पाण्डेले पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा सङ्गठन निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

पार्टी संयन्त्र कास्कीका सदस्य कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा दामोदर वैरागी र बखानसिंह गुरुङले चार वर्षभित्र जनताको पक्षमा काम नगर्ने जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu