ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्य पत्रिकाको तुलनामा ‘गोरखापत्र’ सबैको पत्रिका बनाइनेछ : अध्यक्ष भण्डारी


admin
२४ आश्विन २०७५, बुधबार   ४ : ४६   बजे

काठमाडौं,२४ असोज ।  गोरखापत्र संस्थानका नवनियुक्त कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राष्ट्रिय समाचार समिति (रासस)सँग सहकार्य गरेर गोरखापत्रलाई अझ पठनीय बनाइने बताउनुभएको छ ।

संस्थानमा आज आयोजित पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राससलाई हामीले भुल्नुहुँदैन । रासससँग सहकार्य गरेर नै गोरखापत्रलाई अझ राम्रो पठनीय बनाइने छ ।”

‘गोरखापत्र’ नेपालको पत्रकारिता जगत्को सम्पदा भएकाले यसको संरक्षण गर्न जरुरी छ भन्दै उहाँले नयाँ प्रकारका समाचार, लेख र विचारबाट ‘गोरखापत्र’को पुरानो परिभाषा बदल्नुपर्नेमा जोड दिनुभयो । कार्यकारी अध्यक्ष भण्डारीले आफू जागीर खान मात्र नआएको बताउँदै ‘गोरखापत्र’लाई तीन करोड नेपालीको पत्रिका बनाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“अन्य पत्रिकाको तुलनामा ‘गोरखापत्र’ सबैको पत्रिका बनाइनेछ” उहाँले भन्नुभयो, “छापा पत्रकारिता भनेको नै ‘गोरखापत्र’ हो भन्ने बनाउने हो । त्यसका लागि सम्पादकीय सशक्त हुनुपर्दछ ।

” उहाँले मुलुक नयाँ युगमा प्रवेश गरेकाले ‘गोरखापत्र’ले सरकार र जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने बताउनुभयो । कार्यकारी अध्यक्ष भण्डारीले सम्पादकीय समूह र कर्मचारीको सहयोगबाट नै गोरखापत्रलाई नयाँ उचाइमा पु¥याइने बताउनुभयो ।

कार्यक्रममा ‘गोरखापत्र’का निमित्त प्रधानसम्पादक श्रीओम श्रेष्ठले आफ्नो स्तम्भ(मोही माग्ने ढुङ्ग्रो लुकाउने)बाट पाठकलाई पु¥याएको योगदानसरहकै अपेक्षा कार्यकारी अध्यक्षबाट ‘गोरखापत्र’ले पनि चाहेको बताउनुभयो ।

कार्यक्रममा ‘द राइजिङ नेपाल’का निमित्त प्रधानसम्पादक जगदीश पोखरेल, ‘गोरखापत्र’का प्रबन्ध सम्पादक हरिकला अधिकारी, गोरखापत्र सञ्चालक समितिका सदस्य मुकुन्द चिमोरिया र आधिकारिक ट्रेड युनियन अध्यक्ष विष्णु खनालले नवनियुक्त अध्यक्षको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँलाई गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu