ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिक व्यवस्थापनका नाममा जथाभावी वन फँडानी


admin
२५ आश्विन २०७५, बिहिबार   ११ : ४५   बजे


रौतहट, २५ असोज ।
डिभिजन वन कार्यालय रौतहटले वैज्ञानिक वन ब्यवस्थापनको नाममा ठुला–ठुला रुख काट्ने गरेको छ । जिल्लाको उत्तर पश्चिममा रहेको फतुवा विजयपुर नगरपालिकाको एक मात्र सामुदायिक वन र सहजनाथ वन परियोजनाको वन अहिले उखु बारीमा परिणत भएको छ ।

रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ मा रहेको विपी पुष्पलाल सामुदायिक वनको ६ सय ५० हेक्टर वन अहिले २ सय हेक्टरमा मात्र सीमित भएको छ । सहजनाथ वन परियोजनाको ९ सय ४८ हेक्टर मध्ये अधिकांश क्षेत्र फडानी गरेर केही सिमित ब्यक्तिले उखु खेती गरेका छन् । रौतहट र बारा जिल्लाको एक दर्जन भन्दा बढी गाउँका उपभोक्ताले प्रत्येक्ष रुपमा लाभ लिइरहेका सामुदायिक वन फडानी गरेर स्थानियले अहिले विभिन्न किसिमका नगदे बाली लगाएका छन् । तत्कालिन माओवादी जनयुद्धका बेला जंगल फडानी गरेर बस्ती बसेको र खेती गर्न थाएिको थियो । विगतमा वन उपभोक्ता समितिमा पदकै लागि मरिहत्य गर्ने देखिएको भए पनि अहिलेको उपभोक्ता समितिले वन फँडानी नियन्त्रण गर्न सक्रियता देखाएको भनाइ छ ।

पूर्वमा लाल बकैया खोला, पश्चिम तथा उत्तरमा अडुवा खोला सिमाना भएको ६ सय ५० हेक्टरको क्षेत्रफल ओगटेको विपी पुष्पलाल सामुदायिक वन उपभोक्ता समिति हाल आएर २ सय हेक्टर क्षेत्रमा मात्र सीमित भएको र २ सय ५० हेक्टरमा स्थानियले उखु, तोरी, सुर्ती, मकै लगाएतका खेती गर्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष उमाकान्त दाहाल बताउँछन् ।

द्वन्द्वकालमा सामुदायिक वन अतिक्रमण गरेर सुकुम्बासीहरुलाई बसाइएको भए पनि सुकुम्बासीहरुले आफ्नो जग्गा अरुस“ग बेच्दै फडानी गर्दै गरेकोले यो वन मासिएको स्थानीय शम्भु भेटवालको भनाइ छ ।

सामुदायिक वन फँडानीबाट यहाँका ३ प्रतिशत व्यक्तिहरुले आफ्नो निजी स्वार्थका लागि फडानी गरेको स्थानीयको भनाइ छ । तर त्यसको असर यहाका ९७ प्रतिशत उपभोक्तामा पर्न गएको विपी पुष्पलाल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राधाकृष्ण मैनालीले बताए । उनले द्वन्द्वको बेलादेखि अहिलेसम्म राजनीतिक संरक्षण कारण वन फँडानी भइरहेको बताए ।

सामुदायिक वन फडानी गरी आफ्नो स्वर्थपूर्ति गर्नु राम्रो कुरा होइन । सामुदायिक वनमा भएको क्षतिलाई नियन्त्रण गर्न सम्बन्धित निकायले वेलैमा ध्यान दिनु जरुरी देखिन्छ । तसर्थ दोषीलाई कारबाही गर्दै जिल्ला वन कार्यालय रौतहटले वन संरक्षण गर्न तर्फ लाग्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu