ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढ्दो महिला हिंसा तथा बलात्कारविरुद्ध ‘भद्रपुर रन’, पुरुषतर्फ शरण र महिलातर्फ सुस्मिता प्रथम


admin
२८ आश्विन २०७५, आइतबार   १२ : २०   बजे

भद्रपुर ,२८असोज । बढ्दो महिला हिंसा तथा बलात्कार, लागु औषध नियन्त्रण विरुद्धको भद्रपुर रन (मिनी म्यारथन) भव्य रुपमा आइतबार सम्पन्न भएको छ ।

बडा दर्शै, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भद्रपुर नगरपालिका अन्तरगतको ८ नम्बर वडा कार्यालयले पुुरुष तथा महिलाको सहभागितामा पहिलो पटक झापाको सदरमुकाम यस्तो कार्यक्रम सम्पन्न गरेको हो ।

८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज)को पहलमा वडा कार्यालयले नगरपालिकाको करबाट नभएर स्थानीय उद्योगी, विभिन्न संघसंस्था र नगरबासीको सहयोगमा आयोजना गरिएको भद्रपुर रनमा ९ सय ६४ जना सामूहिक रुपमा दौडिएका थिए । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने भद्रपुर १० का शरण गिरी, द्धितीय हुने भद्रपुर १ का सुमन सोरेन, तृतीय हुने भद्रपुर ७ का रुपेश राई, चौथो हुने भद्रपुर ४ का मेघराज राई र पाँचौ हुने भद्रपुर ३ का रिसु राई भएका छन् ।

त्यस्तै महिलातर्फ प्रथम हुने सागरमाथा माविका सुस्मिता राई, द्धितीय हुने भद्रपुर १ का आरजु भट्टराई, तृतीय हुने भद्रपुर ४ का सुविता टुडु, चौथो हुने रीता गिरी र पाँचौ हुने भद्रपुर ८ का नितेश तामाङ भएकी छिन् ।

पुरुष तथा महिला विजेताहरु क्रमश २१ हजार, १५ हजार, १० हजार, ३ हजार र २ हजार नगदसहित पुरस्कृत गरिएको थियो । भद्रपुर ८ स्थित सगरमाथा चोकमा आयोजित प्रतियोगिताको उद्घाटन स्थानीय ९४ वर्षिय वृद्ध केशव सिंह राईले गरेका थिए । उनले शान्तिको प्रतिक मानिएका परेवा उडाएर उद्घाटन गरेका थिए ।

सगरमाथा चोकबाट पुरुष तथा महिला सामूहिक रुपमा दौडिर्दै एसपी मोड पुगेपछि महिलाहरुले त्यहाँबाट ३ किलोमिटर दौड पुरा गर्न किरात कोलोनिको बाटो हुर्दै सगरमाथा चोक पुगेका थिए, भने पुरुषहरुले ६.७ किलोमिटर दौड पुरा गर्न विमानस्थलबाट क्याम्पस गेट, अस्पतालचोक हुदै जनताचोकबाट सगरमाथा पुगेका थिए ।

वडा अध्यक्ष सुब्बाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, उद्योगी दीपेश ढकाल, अजय साहेवाला, भक्ति अधिकारी लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै सोही कार्यक्रमको अवसरमा वडाध्यक्ष सुब्बाले आफ्ना पिता स्वर्गीय बिरहाङ् लिम्बूको सम्झनामा सगरमाथा आरोही अनिष लुइटेल, बक्सिङ् खेलाडी सुरेन्द्र राई र प्रशिक्षक डम्बर लिम्बुलाई जनही ५ हजार नगदसहित पुरस्कृत गरेका थिए पुरस्कार राशी वडाध्यक्षकै परिवारले प्रदान गरेको कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group