ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरता जेसीजको सहयोग पाउँदा विपन्न ६० बालबालिका फुलपातीमा फुरुङ्ग


admin
३० आश्विन २०७५, मंगलबार   १ : ११   बजे

कनकाई, ३० असोज । झापाको कनकाई नगरापालिका–१ प्रजापतिस्थित पशुपति प्राविका ६० बालबालिकालाई वीरता जेसीजले विभिन्न सामग्री सहयोग गरेको छ ।

बिर्तामोडस्थित वीरता जेसीजले आर्थिक रुपमा अति विपन्न अभिभावकका ती बालबालिकालाई ब्याग, जुत्ता–मोजा, टिफीन बक्स, पानी पिउने बोतल, कापी, जमेट्री बक्स लगायतका सामग्री प्रदान गरेको हो । वीरता जेसीजले ती बालबालिकालाई टाई र बेल्ट समेत प्रदान गर्ने घोषणा गरेको छ ।

मंगलबार विद्यालयमा आयोजित समारोहका प्रमुख अतिथि जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेतले बालबालिकालाई सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राई, कनकाई–१ का कार्यवाहक वडाध्यक्ष देवी अधिकारी, प्रजापति सामुदायिक वनका अध्यक्ष सूर्यकुमार थापा, वीरता जेसीजका अध्यक्षका पिता तथा स्थानीय अग्रज मानबहादुर गिरीले बालबालिकालाई ती सामग्री वितरण गरेका थिए ।

फूलपातीका दिन विद्यालय विदा भए पनि दशैंको समेत परवाह नगरी बालबालिकाहरु आफ्ना अभिभावकका साथ उत्साहितरुपमा उपस्थित थिए । आफूलाई आवश्यक विभिन्न सामग्रीहरु पाउँदा उनीहरु खुशीले हर्षित देखिन्थे ।

विद्यालयका प्रधानाध्यापक गोविन्द चौहानले स्वागत गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् वीरता जेसीजका पूर्व अध्यक्ष समेत रहेका विनोद बस्नेतले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने यथार्थलाई आत्मसाथ गरी जेसीजले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे ।

बस्नेतले आर्थिकरुपमा विपन्नहरुलाई मन भएकाहरुले सहयोग गर्ने हो भने कुनै पनि बालबालिकाले शिक्षा आर्जनका लागि अभाव झेल्नु नपर्ने बताए । विशिष्ट अतिथि कनकाईका प्रमुख पोखरेलले आफ्नो नगरमा वीरता जेसीजले आर्थिकरुपमा अति विपन्न तथा सिमान्तकृत परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयलाई छनौट गरेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष जीवन खड्काले आस्था वाचन, कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले जेसीआई मिसन भिजनको वाचन र उपाध्यक्ष युवराज कुँवरले नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए ।

कार्यक्रममा स्थानीय अभिभावक तथा अग्रजहरुको उल्लेख्य सहभागिता रहेको विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिए । वीरता जेसीजले यस वर्ष जेसीहरुको जन्मदिन सामाजिक सेवामा समर्पणका साथ मनाउने कार्य अन्तर्गत संस्थाका पूर्व अध्यक्ष विनोद बस्नेतको जन्मदिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको शाखा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu