ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेवार समुदायका युवायुवतीको बाजाप्रति आकर्षण बढ्दै


admin
३१ आश्विन २०७५, बुधबार   २ : २९   बजे

भक्तपुर, ३१ असोज । जात्रा, पर्व र मेलामा भक्तपुरका नेवार समुदायका युवतीहरुमा बाजा बजाउने आकर्षण बढ्दै गएको छ ।

नेवारी बाजाहरुको मीठो धून बजाउँदै युवतीहरु मेला र जात्रामा सहभागि हुने क्रम बढ्दै गएको छ । दशँैका अवसरमा भक्तपुरमा लाग्ने नवरात्री मेलामा पनि युवतीहरुले बाजा बजाएर बाजाप्रतिको मोह र आकर्षणलाई पुष्टि गरेका छन् । मेलामा आउँदा पुरुष मात्रै नभई युवतीहरु पनि धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै आउने विभिन्न टोलहरुमा देखिएको छ ।

भक्तपुरमा दशैँको घटस्थापनादेखि दशमीको बिहानसम्म यहाँका विभिन्न नौ वटा शक्तिपीठमा लाग्ने मेला भर्न भक्तपुरका टोलटोलबाट बाजागाजासहित आउने परम्परा धान्न युवतीहरु पनि अग्रसर हुने गरेका हुन् ।

केही वर्षअघिसम्म पुरुषले मात्रै बाजाहरु बजाउने गरे पनि पछिल्लो समयमा यसमा युवायुवतीको पनि सहभागिता बढ्दै गएको भक्तपुर तचपालका रबिन श्रेष्ठले बताउनुभयो । जात्रामा एउटै टोलबाट पनि दर्जनौँ बाजागाजासहितको टोली मेला भर्न शक्तिपीठ आउँदा धेरै रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् । भक्तपुरमा घटस्थापनादेखि दशमीको बिहानसम्म रातभरि बाजागाजाका धूनले गुञ्जायमान हुने गरेको छ ।

बाँसुरी बाजा बजाउने रश्मिला छुस्यावागले बाजा बजाउँदा आनन्द आउने मात्र नभई संस्कृति पनि जोगिने भएकाले पनि युवा पुस्ताको आकर्षण बाजामा बढेको बताउनुभयो । उहाँले बाजा बजाउँदै मन्दिर जाँदा धेरै आनन्द आउने बताउनुभयो ।

झ्याली बाजा बजाउँदै मन्दिर जाँदै गरेकी कमला कवांले तालीम लिएर बाजा बजाउन सिकेको बताउँदै अरू दिदीहरुले बाजा बजाएको देखेर रहर लागेपछि तालीम लिएको भन्नुभयो । अहिले युवतीको टोली नै जात्रा पर्वमा बाजा बजाउने गरेको उहाँ बताउनुहुन्छ ।

धिमे बजाउन पोख्त भक्तपुर नासमनाकी सुनिता श्रेष्ठले पनि धिमे र बाँसुरी बजाउँदा आफूलाई निकै आनन्द आउने गरेको बताउनुभयो । उहाँका अनुसार जात्रा, पर्वमा मात्रै नभई अचेल विभिन्न कार्यक्रममा समेत बाजा बजाउन बोलाउने गरेका छन् ।

आम्दानीको स्रोतका रुपमा समेत लैजान सकिने यी बाजाहरु बजाउँदा युवा पुस्ताको हातबाट संस्कृतिको संरक्षण भइरहेको अनुभूति हुने पनि उहाँको भनाईछ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिकाले युवा पुस्तालाई लक्षित गरी यस्ता बाजाहरुको तालीम सञ्चालन गर्दै आएको छ भने टोलटोलका गुठी तथा सहकारी र सङ्घसंस्थाले पनि तालीम दिन थालेपछि बाजाप्रति युवायुवतीको आकर्षण बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group