ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तीको झुण्डद्वारा धानबाली नोक्सान


admin
३१ आश्विन २०७५, बुधबार   ३ : ३६   बजे

 कञ्चनपुर, ३१ असोज । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिमा गएराति दुई दर्जनभन्दा बढीको सङ्ख्यामा आएको हात्तीको झुण्डले छ जना किसानको एक बिघाभन्दा बढी जग्गाको काटेर थन्क्याएको धान खाएर नोक्सान गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट किसानका खेतमा छिरेको हात्तीको झुण्डले थ्रेसिङ गर्न ठिक्क पारेर राखिएको धान खाएर नोक्सान गरेको हो ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार स्थानीय किसान मनिलाल जोशी, जयबहादुर साउद, डम्बरबहादुर साउद, प्रजापति जोशी, गौरव भण्डारी, दिले बिष्ट र नैन सिंह पालको धानबाली हात्तीको झुण्डले खाएको छ ।

किसानको दुई कट्ठादेखि पाँच कट्ठासम्मको धान खाएर हात्तीले नोक्सान गरेको छ इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भन्नुभयो, “आँगनमै राखेको धानबाली हात्तीको झुण्डले खान थालेपछि किसान मर्कामा परेका छन् ।” साँझ नपर्दै हात्तीको झुण्ड खेतमा छिर्ने गरेको र धान खाएर अघाएपछि मात्रै निकुञ्जतर्फ लाग्ने गरेको छ ।

तीन सातादेखि भारतको दुधुवा नेशनल पार्क हँुदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छिरेको हात्तीको झुण्डले यहाँका बासिन्दालाई निकै सास्ती दिन थालेका छन् ।

“भगाउन गएपछि पूरै झुण्ड आक्रमण गर्न आउँछ” स्थानीय किसान मनिलाल जोशीले भन्नुभयो, “आगो र पटाका पड्काएर पनि तर्सन छाडेको छ । धान बाली सकिएपछि घरभित्र भण्डारण गरेको अन्नसमेत खाने सम्भावना बढेको छ ।

मानवीय क्षतिसमेत हुन सक्ने सम्भावना बढेर गएको हुँदा हात्ती नियन्त्रणका लागि सम्बन्धीत निकायले पहल गर्नुपर्ने उहाँको माग छ । हात्तीको झुण्ड बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् । धानबाली क्षति भएको क्षेत्रको शुक्लाफाँटा नगरपालिकाका नगरप्रम्ुख दिलबहादुर ऐरले अनुगमनसमेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तिब्बत बाढी प्रभावितको राहत र उद्धारमा चिनियाँ राष्ट्रपति सीको निर्देशन

भोटेकोसी बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu