ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मैत्रीपूर्ण खेलमा डिसिए पराजित


एबीसी न्यूज
७ कार्तिक २०७५, बुधबार   ७ : ५१   बजे

 

धनगढी, ७ कात्तिक । भारतको मुम्बई भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) को १७ वर्षमुनिको टोली  आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

मुम्बईको स्टार सिसी क्लबले डिसिएलाई नौ विकेटले पराजित गरेको डिसिएले जनाएको छ । स्थानीय आजाद मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डिसिएले ४० ओभरको खेलमा ३६ ओभरमा अलआउट हुँदै १०५ रन बनाएको थियो । डिसिएका लागि रोहन विकले सर्वाधिक ३५ रन बनाए । कप्तान सुबोध ऐरले १६, सक्षम पार्कीले १५ र सन्दीप आउजीले आठ रनको योगदान गरे ।

त्यस्तै, किरन नाथले तीन र निशान पन्तले एक रन जोडे । डिसिएका चार जना खेलाडी शून्य रनमै पवेलियन फर्केका थिए । डिसिएलाई धेरै रन बनाउनबाट रोक्ने क्रममा स्टार सिसीका लेग स्पिनर लक्ष्यले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै, शुभम् र अङ्कितले दुई÷दुई विकेट हात पारे । १०६ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा उत्रेको स्टार सिसीले १० दशमलब तीन ओभरमा एक विकेट गुमाएर सजिलै लक्ष्य पूरा ग¥यो । उसको जीतमा प्रारम्भिक ब्याट्सम्यान तस्यमले अर्धशतक पूरा गर्दै अविजित ५८ रन बनाए । अर्का ओपनर रोहित काम्लीले ३० र तेस्रो नम्बरमा ब्याटिङ्ग गरेका मयुरेशले नटआउट आठ रनको योगदान दिए ।

बलिङ्ग गर्दै सोनु मण्डलले डिसिएलाई एक विकेटको सफलता दिलाए । दुई ओभर बलिङ गरेका उनले मात्र १३ रन खर्चेका थिए । तीन ओभर बलिङ गर्दै निशान पन्तले सर्वाधिक ३३ रन खर्चे पनि कुनै विकेट हात पार्न सकेनन् ।

त्यस्तै, ३० रन खर्चेका कुश मल्ल र १७ रन खर्चेका विनोद विष्ट पनि विकेटविहीन बने । तीन बल फालेका राजन लोहनीले १० रन खर्चे । प्रतिद्वन्द्वी राम्रो र बलियो रहेकाले डिसिएका खेलाडीले राम्रो सिक्ने अवसर पाएको डिसिएका प्रशिक्षक दीपेन्द्र चौधरीले बताउनुभयो । १० दिनसम्मका लागि मुम्बई टुरमा गएको डिसिए टोलीले त्यहाँको विभिन्न क्लबसँग अझै छ वटा एकदिवसीय खेल खेल्नेछ । नियमित प्रशिक्षण गरिरहेका खेलाडीलाई थप ‘एक्सपोजर’ दिनका लागि मुम्बई टुरमा ल्याएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनुभयो । “यसले हाम्रो खेलाडीहरुमा निखारपना आउनेछ”, शाहीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group