ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढी ब्जुजद्वारा खेलाडी सार्वजनिक


admin
७ कार्तिक २०७५, बुधबार   १० : ५६   बजे

काठमाडौं,७ कात्तिक ।  पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि एक्स्पर्ट धनगढी ब्लुजले सम्पूर्ण तयारी पूरा गरेको छ ।

मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा तयारी पूरा हुनाका साथै खेलाडीसमेत सार्वजनिक गरिएको जनाएको हो । ब्लुजले अक्सनबाट १३, दुई आइकनिक र दुई विदेशी खेलाडी सार्वजनिक गरेको हो ।

नेपाली राष्ट्रिय टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको ब्लुजले विदेशी कोटामा दुवै इग्ल्यान्डका खेलाडी ल्याएको छ । पिपिएलका लागि ब्लुजले इग्ल्यान्डका ड्यान लरेन्स र पिटर डेभिड ट्रेगोलाई अनुबन्ध गरेको सो अवसरमा प्रशिक्षक मनोज कटवालले जानकारी दिनुभयो ।

दुवै विदेशी खेलाडी मङ्गलबार बेलुकी नेपाल आइपुगेका र आज बिहान प्रशिक्षणपश्चात पोखरा जाने उहाँले पत्रकारसम्मेलनमा बताउनुभयो । ब्लुजले आइकनिक खेलाडीका रुपमा यू–१९ टोलीका सुबेन्धु पाण्डे र अरुणसिंह ऐरीलाई अनुबन्ध गरेको छ ।

ब्लुजबाट खेल्ने अन्य खेलाडीमा मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोबिन क्षेत्री, सन्दीप सुनार, कमलसिंह ऐरी, दिलीप नाथ, सागर ढकाल, सन्दीप जोरा, निर्दाेष अन्सारी, सौरभ खनाल, विक्रम ठगुन्ना, सन्दीप रजाली छन् ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पिपिएल क्रिकेट यही कात्तिक ९ गते शुक्रबारदेखि पोखरामा शुरु हुँदैछ । ब्लुजले पहिलो खेल काठमाडौँ रोयल्ससँग कात्तिक ११ गते खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group