ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तिनाथमा बाह्र सय वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार


admin
७ कार्तिक २०७५, बुधबार   ११ : ०४   बजे

म्याग्दी, ७ कात्तिक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ ।

रु दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हीराबहादुर ठकुरी (वाङवेल लामा)ले जानकारी दिनुभयो ।

जीर्णोद्धारका लागि पुरातत्व विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, मुक्तिनाथ क्षेत्र विकास समिति, स्थानीय संरक्षण समिति, जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयलगायतले अनुदान उपलब्ध गराएका थिए ।

गुम्बाभित्र भक्तजनले विभिन्न देवीदेवताका मूर्तिहरू राखेका छन् । गुम्बाको जीर्णोद्धारमा स्वदेशी कार्यालय र व्यक्तिको मात्र लगानी रहेको अध्यक्ष ठकुरीले बताउनुभयो ।

नियमित मर्मत गरिए पनि ढुङ्गा र माटोले बनेको गुम्बामा पानी चुहिने र पर्खाल भत्किने अवस्थामा पुगेको थियो ।बौद्ध धर्मका गुरु रिम्पोछेले एक हजार २५० वर्ष पहिले हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा गुम्बा निर्माण गर्नुभएको थियो । गुम्बाको संरचनालाई बलियो बनाउन माटो कुटेर एक मिटर चौडाइको पर्खाल बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group