ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलले ल्यायो दुई विदेशी खेलाडी


admin
८ कार्तिक २०७५, बिहिबार   ५ : २९   बजे

काठमाडौं,८ कात्तिक । पोखरामा यही शुक्रबारदेखि सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि बुटवल ब्लास्टरले दुई विदेशी खेलाडी ल्याएको छ ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिताका लागि बुटवलले युएइबाट दुई खेलाडी क्लबमा ल्याएको जनाएको छ ।

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी मार्की प्लेयर रहेको बुटवलले दुई विदेशी कोटामा रोहन मुस्तफा र चिराक सुरीलाई क्लबमा अनुबन्धन गरेको हो । प्रतियोगिताका लागि क्लबले दुई विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुधबार चितवनले पनि दुई इङ्ल्याण्डका खेलाडी क्लबमा अनुबन्ध गरेको थियो ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता भोलिदेखि शुरु भई यही कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा छ टोलीको सहभागिता रहेको छ । बुटवल ब्लास्टर्सको टोलीको स्वामित्वमा रामबहादुर विष्टसहितको व्यावसायीको युवा टोली छ भने मार्की प्लेयरमा सोमपाल कामी छन् ।

पिपिएलमा बुटवल ब्लास्टर्सले पहिलो खेल कात्तिक १० गते चितवन राईनोजसँग खेल्नेछ । दोस्रो खेल कात्तिक ११ गते पोखरा पल्टनसँग, कात्तिक १४ गते विराटनगर टाइटन्ससँग, १५ गते धनगढी र १६ गते हुलास काठमाडौँसँग खेल्नेछ ।

विजेताले रु २७ लाख पुरस्कार पाउने सो प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले एक–एक थान मोटरसाइकल पाउनेछन् । प्रतियोगिताको बैंकिङ पार्टनर नबिल बैँक रहेको छ भने हस्पिटालिटी पार्टनरमा ओयो र मेडिकल पार्टनरमा ग्राण्डी अस्पताल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी प्रभावित ६०२ जनाको हेलिकप्टरबाट उद्धार

बाढीपीडितका लागि बेलायतद्वारा ८५ करोड रुपैयाँ सहायता घोषणा

सम्बन्धित

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu