ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री थापाबाट बत्सला माविको नवनिर्मित भवन उद्घाटन


admin
१९ कार्तिक २०७५, सोमबार   १० : ४४   बजे

सिन्धुली, १९ कात्तिक । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ स्थित बत्सला माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ ।

टीडीएच जर्मनीको सहयोग र रिलिफ नेपाल सिन्धुलीको समन्वयमा निर्मित छ कोठे भवनको मन्त्री थापाले एक समारोहबीच उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।

विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री थापाले विद्यालय भवन बनेर बालबालिकाको पढ्न पाउने अधिकारको पूर्वाधार तयार भएको स्पष्ट गर्नुभयो । सो अवसरमा भवन निर्माणका लागि सहयोग गर्ने दातृ निकाय र सम्वन्धित सबैलाई उहाँले धन्यवाद पनि दिनुभयो ।

वृद्धवृद्धा भत्ता वृद्धि नभएको स्वीकार्दै मन्त्री थापाले यसवर्ष ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाका लागि एक लाख रुपैयाँ बराबरको बीमाको व्यवस्था गरेको बताउनुभयो । तर, आगामी वर्षबाट बृद्धबृद्धा भत्ता निरन्तर वृद्धि गरिँदै लगिने पनि उहाँले स्पष्ट गर्नुभयो ।

पार्टीले चुनावी दौरानमा गरेका प्रतिवद्धता क्रमशः पूरा हुँदै जाने भन्दै उहाँले ती प्रतिवद्धता कार्यान्वयनका लागि सरकारले अहिले ऐन कानुनहरु निर्माण गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसदद्वय गणेशकुमार पहाडी, गोमा देवकोटा, प्रदेश सभाका सांसद प्रदीप कटुवाल, जिल्ला समन्वय समितिका अध्यक्ष शंकर बर्मा, गोलञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की, टीडीएच जर्मनीका कन्ट्री डाइरेक्टर श्यामकृष्ण श्रेष्ठ, नेकपा सिन्धुलीका नेता ज्वालाप्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा सिन्धुलीस्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय नेता तथा समाजसेवीहरु, विद्यार्थी र अभिभावकको उपस्थिति थियो ।

कार्यक्रममा विद्यालय भवन निर्माणका सन्दर्भमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलको अध्यक्षतामा भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group