ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दार्चुला र बैतडीमा गहुँको बीउ वितरण


admin
१९ कार्तिक २०७५, सोमबार   ३ : ५०   बजे

बैतडी, १९ कात्तिक । गहुँको उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ कृषि ज्ञान केन्द्रले दार्चुला र बैतडीका विभिन्न ठाउँका किसानलाई निःशुल्क रुपमा उन्नत जातको गहुँको मूल बीउ वितरण गरेको छ ।

बीजवृद्धि कार्यक्रमअन्तर्गत १२०४ जातको उन्नत जातको ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको निमित्त कार्यालय प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाको सेरामा २० क्विन्टल, डिलाशैनीको न्वाकोटमा पाँच क्विन्टल, पाटनको सुकाबैनामा पाँच क्विन्टल, दार्चुलाको शैल्यशिखरमा तीन क्विन्टल र लालीमा एक क्विन्टल गहुँको बीउ वितरण गरिएको छ ।

पकेट क्षेत्रका किसानलाई लक्ष्य गरी गहुँको बीउ वितरण गरिएको हो । यस्तै ५० प्रतिशत अनुदानमा दशरथचन्द नगरपालिकाले एक सय ५९ क्विन्टल उन्नत गहुँको बीउ किसानलाई वितरण गरेको छ ।

किसान हर्षित

यसैबीच लामो समय पछि पानी परेपछि किसान खुशी भएका छन् । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा सिँचाइको अभाव भएका ठाउँका किसान आइतबार वर्षा भएसँगै हर्षित भएका हुन् ।

सिँचाइ अभावमा गहुँ छर्न नपाएका किसान पानी परेपछि गहुँ छर्न थालेका छन् । पानी परेपछि गहुँ छर्न सजिलो भएको दोगडाकेदार– ३ श्रीकोटका मानसिंह विष्टले बताउनुभयो । पानी परेपछि गहुँ छर्न तथा तरकारी खेती गर्न सहज भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu