ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्लाफाँटाका पाँच विद्यालयमा न्यून विद्यार्थी


admin
२४ कार्तिक २०७५, शनिबार   १० : ५४   बजे

 

कञ्चनपुर, २४ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पाँच विद्यालयमा न्यून विद्यार्थी रहेका छन् । आधारभूत तहका कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा १८ देखि ४४ सम्म विद्यार्थी अध्ययनरत छन् । शिक्षकको सङ्ख्या भने पाँचभन्दा बढी रहेको छ । एक शिक्षक बराबर ५० विद्यार्थी एउटा कक्षामा हुनुपर्नेमा पुरै विद्यालयमा बढीमा ४४ मात्रै विद्यार्थी छन् ।

नगरपालिका शिक्षा शाखाको तथ्याङ्कअनुसार मिलन आधारभूत विद्यालयमा २५, त्रिमूर्ति आधारभूत विद्यालयमा ३१, जनचेतना आधारभूत विद्यालयमा ३६, दीपनगर आधारभूत विद्यालयमा ४४ र श्रीराम आधारभूत विद्यालयमा ३० मात्रै विद्यार्थी रहेका छन् । विद्यालय नजिकै निजी विद्यालय खोल्ने क्रम बढेसँगै सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका हुन् ।

अभिभावकको निजी विद्यालयप्रतिको बढ्दो आकर्षण घटाउनका लागि गुणस्तरमा ध्यान दिइनुपर्ने, खाजाको व्यवस्था गरिनुपर्ने र नियमित अनुगमन गरिनुपर्ने शिक्षक खड्क साउदले बताउनु्भयो । न्यून विद्यार्थी रहेका विद्यालयलाई समायोजनमा लैजानका लागि प्रक्रिया अगाडि बढाइने शिक्षा शाखाका प्रमुख देवदत्त पन्तले बताउनुभयो ।

शिक्षा ऐनको दफा १२ को (क)मा भएको व्यवस्थाअनुसार पूर्वाधार कायम नभएका, अधिकांश कक्षामा नियम ७७ बमोजिम विद्यार्थी सङ्ख्या नभएको र दुई वा दुईभन्दा बढी विद्यालय व्यवस्थापन समितिले एउटै विद्यालयका रूपमा सञ्चालन गर्न संयुक्त निवेदन दिएमा समायोजन गर्न सकिने व्यवस्था रहेको छ ।

कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै छ उहाँले भन्नुभयो, “शिक्षक दरबन्दी न्यून छ । कुनैमा विद्यार्थी न्यून छन् । शिक्षक धेरै छन् । दरबन्दी र शिक्षकको अनुपात मिलाउनका लागि न्यून विद्यार्थी भएका विद्यालयलाई समायोजनमा लैजानु नै उपयुक्त देखिन्छ ।” शिक्षा ऐन आएपछि सबै प्रक्रिया अगाडि बढाइने नगरपालिकाको सामाजिक विकास समितिका संयोजक शिवराज पनेरुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group