ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालपोखरामा डुङ्गा चढ्नेको आकर्षण बढ्दो


admin
२५ कार्तिक २०७५, आइतबार   १ : १३   बजे

पाल्पा, २५ कात्तिक । कृत्रिम तालका रूपमा विकास गरिएको रामपुरको तालपोखरामा डुङ्गा सयर गर्नेको आकर्षण बढ्दै गएको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तालपोखराको फोटोसहित समाचार आउन थालेपछि पर्यटकको सङ्ख्यामा वृद्धि आएको हो ।

तालपोखरामा डुङ्गा सयर गर्दा फेवातालको झल्को मेटाएको पाल्पा बगनासकाली गाउँपालिका आर्यभन्ज्याङ्की नारायणी भट्टराईले बताउनुभयो । तालपोखराको भौतिक पूर्वाधार अगाडि बढ्दै गएको खण्डमा फेवातालले जस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाउनसक्ने उहाँ बताउनुुहुन्छ ।

करीब ५५ रोपनी क्षेत्रफलमा फैलिएको कृत्रिमताल अवलोकन गर्न आउने आन्तरिक पर्यटकको अहिले चाप बढ्दै गएको हो । दिनहुँ दुई सय भन्दा बढी पर्यटकले डुङ्गा सयर गर्ने गरेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटा बताउनुुहुन्छ ।

फेवातालको स्वरूपमा निर्मित तालपोखरामा डुङ्गा सयर गर्ने, तालको बीचमा रहेको जलेश्वर महादेवको मूर्तिमा पूजा गर्ने, फोटो खिचाउनेको चहलपहल रहेको छ । “डुङ्गा सयर गरेर ताल वरिपरि घुम्दै आनन्द लिन आउनेको सङ्ख्या दिनानुदिन बढ्दै जाँदा आम्दानी पनि राम्रै हुँदै गएको छ” देवकोटाले भन्नुभयो ।

साउनबाट यता पाँच हजार पर्यटकले डुङ्गा सयर गरेको र दुई लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी भएको छ । २०७४ माघ २४ गतेदेखि तालपोखरामा डुङ्गा सञ्चालन शुरु गरिएको हो । यहाँ नियमितरूपमा दुईवटा डुङ्गा सञ्चालनमा छन् ।

अहिलेसम्म डुङ्गा सञ्चालनबाट रु आठ लाख बराबरको आम्दानी भएको समितिका सचिव देवकोटाले जानकारी दिनुभयो । डुङ्गाबाट उठेको आम्दानीको ४० प्रतिशत रकम डुङ्गा चलाउनेलाई दिने व्यवस्था गरिएको छ । प्रतिव्यक्ति रु ५० टिकट कायम गरिएको छ ।

आम्दानीको स्रोत बढाउन तालपोखरामा माछाका भुरासमेत राखिएको छ । अहिले १६ हजार माछा यहाँ रहेका छन् । माछा बिक्रीबाट करीब रु २० लाख बराबरको आम्दानी गर्ने समितिको सोच छ ।

कृत्रिम तालसँगै २० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिएको छ । पार्कबाट पनि राम्रै आम्दानी गर्ने वातावरण मिलेको छ । अहिलेसम्म पार्कबाट रु २५ हजार बराबरको आम्दानी भएको छ । पार्क प्रवेश शुल्क प्रतिव्यक्ति रु पाँच कायम गरिएको छ ।

मासिक रु ५० हजार खर्च हुने गरेको छ । दानपेटिकाबाट रु एक लाख भन्दा बढी रकम सङ्कलन भएको छ । तालपोखराको भौतिक पूर्वाधारमा हालसम्म रु एक करोड २० लाख रकम खर्च भइसकेको छ भने बाँकी रु एक करोड बराबरको रकम लाग्ने अनुमान छ । अहिलेसम्म पाल्पा, स्याङ्जा, तनहुँ, नवलरासी, रुपन्देही, कास्की, चितवन, नेपालगञ्ज, इलाम, अछामलगायत थुप्रै जिल्लाका आन्तरिक पर्यटक भित्रिसकेको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले बताउनुभयो ।

“निकट भविष्यमा पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुरमा भित्र्याउने योजनाका साथ काम गरिरहेका छौँ” उहाँले भन्नुभयो, “तालपोखराको विकासका लागि स्थानीयवासीले महायज्ञ सञ्चालनबाट रकम सङ्कलन गरी २०६६ बाट यसको काम अगाडि बढाएका हुन् ।

रामपुर नगरपालिकाले आ व २०७३-.७४ मा एक लाख २५ हजार, ०७४-७५ मा २८ लाख र ०७५-७६ मा रु २० लाख रकम भौतिक पूर्वाधारका निम्ति सहयोग गरेको समितिका लेखापाल पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । सरकारले हालैमात्र एक सय पर्यटकीय क्षेत्र अन्तर्गत तालपोखरालाई पनि पर्यटकीय क्षेत्रका रूपमा सूचीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu