ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त


admin
२५ कार्तिक २०७५, आइतबार   ३ : ५३   बजे

राजविराज, २५ कात्तिक । छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय बाँस र बेतका चोया बनाउनमा व्यस्त भएका छन् ।

छठको पहिलो दिन आज अरबा–अरबाइन शुरु भएको छ । छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धिसँगै प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिका सदस्य व्यस्त छन् भने उनीहरुलाई ती सामग्री बनाउन अहिले भ्याइनभ्याइ भएको हनुमाननगर कङ्कालनी नगरपालिका– १ का दिलीप मरिक(डोम)ले बताउनुभयो ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टपरीमा अघ्र्य दिनुपर्ने हुन्छ । प्रत्येक परिवारमा पाँच÷सातवटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकोले उक्त समुदायमा व्यस्तता बढेको बताइएको छ ।

सप्तरी सदरमुकाम राजविराज लगायतका ठाउँमा अहिले डालो, नाङ्लो र टपरीलगायतका सामान डोमसमुदाय बिक्रीवितरण गर्नमा व्यस्त देखिएको छ । गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ ।

परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन सक्रिय रहेको हनुमाननगर कङ्कालनी नगरपालिका– २ का प्रवेश यादवको भनाइ छ । यो समुदायको जीविकोपार्जन यही पैसाबाट चल्ने भएकाले पनि अहिले डालो, नाङ्लो र टपरी लगायतका समान बनाउन लागिपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group