ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाडोसँगै निमोनियाको जोखिम बढ्दै


admin
२६ कार्तिक २०७५, सोमबार   ३ : १०   बजे

चितवन, २६ कात्तिक । शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ ।

वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती रोग विशेषज्ञ डा अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर हावा फोक्सोले प्रशोधन गर्ने गर्दछ । हावाको माध्यमबाट फोक्सोमा प्रवेश गर्ने धुलो, धुँवा र किटाणुले फोक्सो संक्रमित भई निमोनिया हुने गर्दछ ।

समुदायमा हुने र अस्पतालमा भर्ना भएपछि हुने निमोनिया दुई प्रकारका हुने गर्दछन् । अस्पतालजन्य निमोनिया निकै जोखिमपूर्ण हुने चिकित्सकको भनाइ छ । ढुङ्गानाको भनाइमा अस्पतालमा एक बिरामी र अर्काे बिरामी हेर्दा हातको सरसफाइ गर्न सकेमा मात्रै पनि धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ ।

चितवन मेडिकल कलेजका वरिष्ठ छाती रोग विशेषज्ञ डा शितल अधिकारी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई निमोनियाको जोखिम उच्च हुने बताउनुहुन्छ ।

मिर्गाैला प्रत्यारोपण, मिर्गाैलाको समस्या भएका, मधुमेह, एचआइभी संक्रमितजस्ता व्यक्तिमा फङ्गसका कारण पनि निमोनिया हुन सक्ने उहाँको भनाइ छ । ज्वारो आउने, छाती दुख्ने, खोकी लाग्नेजस्ता लक्षण नभए पनि वृद्धहरुमा खाना नरुच्ने र चक्कर लाग्दा पनि निमोनियाको लक्षण देखा पर्न सक्ने उहाँले बताउनुभयो ।

ब्याक्टेरियाले भएको निमोनियाको ‘एन्टिबायोटिक’ औषधि रहे पनि उचित प्रयोग गर्न नसकेमा जोखिम हुने अधिकारी बताउनुहुन्छ । भाइरस निमोनियाको भने केहीको मात्रै एन्टिभाइरल औषधि रहेको उहाँको भनाइ छ ।

तर पनि ६५ वर्ष नाघेका वृद्ध, मधुमेह भएका, मुटु, मिर्गाैला र कलेजेको समस्या भएकालाई यो कडा हुने अधिकारीले बताउनुभयो । जाडो बढेसँगै मौसमी रुघाखोकी फैलने सम्भावना बढी हुने गर्दछ । उहाँले भन्नुभयो, “सबैले निमोनिया गर्दैन, तर गर्भवती महिला, बच्चा, मधुमेहका बिरामी, वृद्ध, मदिरा सेवन गर्ने व्यक्तिमा निमोनिया हुने सम्भावना बढी हुन्छ ।”

भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेष डा युवानिधि बसौला पाँच वर्षमुनिका बच्चा निमोनियाको उच्च जोखिममा रहने बताउनुहुन्छ । यो उमेरमा मृत्यु हुने पाँच बच्चामध्ये एक निमोनियाको कारण मृत्यु हुने गर्दछन् ।

बाल मृत्युको प्रमुख कारण निमोनिया रहेको चिकित्सकको भनाइ छ । बच्चालाई घरभित्रको धुँवाधुलोमा नराख्न, भीडभाडमा नलैजान, बच्चाको छेउमा बसेर चुरोट नपिउन, कुपोषणबाट बचाउन, आमाको दूध खुवाउन, झोलिलो पदार्थ खुवाउन र नियमित खोप लगाउन डा. बसौला सुझाव दिनुहुन्छ ।

एचआइभी संक्रमित र दादुरा भएका बच्चामा उच्च जोखिम हुने भएकाले नियमित औषधि प्रयोग गरेर रोगबाट बच्नुपर्ने उहाँले बताउनुभयो । बच्चालाई न्यानोमा राख्न, हात धोएर मात्रै खाना खुवाउन, तातोपानी, तुलसी पानी खुवाउन र छ महीनापछिको बच्चालाई अतिरिक्त खाना नियमित खुवाउनुपर्ने उहाँको भनाइ छ ।

निमोनिया भएमा शुरुमा खोकी लाग्ने, नाकबाट सिङ्गान बग्ने र हल्का ज्वरो आएर साधारण रुघाखोकी लाग्ने र पछि छिटोछिटो श्वास फेर्ने गाह्रो हुने (कोखा हान्ने) गर्दछ । कडा किसिमको निमोनियामा उच्च ज्वरो आउने भन्दै यस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थामा लैजान डा बसौलाले सुझाव दिनुभयो ।

कडा खालको निमोनिया भएका बालबालिकाले खान र पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसैकसैमा श्वास फेर्दा अस्वाभाविक आवाजसमेत आउने गर्दछ । यस्तो बेला स्वास्थ्यकर्मीहरुले उपचारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् ।

वरिष्ठ छाती रोग विशेषज्ञ अधिकारी जथाभावी एन्टिबायोटिकको प्रयोगले पहिले प्रभावकारी देखिएका औषधि हाल प्रभावहीन बन्दै गएको बताउनुहुन्छ । सामान्य अवस्थामा एन्टिबायोटिकको प्रयोग नगर्न उहाँले सुझाव दिनुभयो । सन् २००९ बाट संसारभर नोभेम्बर १२ का दिन विश्व निमोनिया दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा निमोनियालाई रोकौँ रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर हरेक वर्ष पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । नेपालमा पाँच वर्षमुनिका ३५ लाख बालबालिकामध्ये पाँच हजार ६०० जनाको मृत्यु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group