ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गैँडा बस्ती पस्न थालेपछि स्थानीय त्रसित


admin
२९ कार्तिक २०७५, बिहिबार   १२ : ५३   बजे

चितवन, २९ कात्तिक । चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् ।

निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र बाह्रघरे क्षेत्रमा नियमितजसो रातको समयमा गैँडा आउने गर्दछ । स्थानीय पत्रकार रमेशकुमार पौडेलका अनुसार तिहारको केही दिन पटका पड्कँदा गैँडा नदेखिए पनि अन्य समयमा राति र बिहान गैँडा आउने गर्दछ । एउटा बच्चा र दुई ठूला गैँडा देखिने गरेको उहाँले बताउनुभयो ।

सो क्षेत्रमा लगाइएको आलु, धानजस्ता बाली खान गैँडा आउने गरेको उहाँले बताउनुभयो । जसका कारण बिहान सबेरै र राति अबेर हिँड्डुल गर्नेलाई समस्या भएको छ । तीन वर्षयता नजिकैका क्षेत्रमा गैँडाकै आक्रमणबाट दुईको मृत्यु भइसकेको छ ।

सौराहा क्षेत्रमा पनि गैँडा नियमित शहरी क्षेत्रमा पस्ने गरेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले तीनवटा गैँडा नियमित सो क्षेत्रमा आउने गरेको बताउनुभयो । पर्यटकीय हिसाबले यो राम्रो नभएको भन्दै उहाँले निकुञ्जले बासस्थानको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले नारायणगढ क्षेत्र, नवलपुर क्षेत्रसहित निकुञ्जका पश्चिमी क्षेत्रमा समस्या देखिएको बताउनुभयो । निकुञ्जभित्र घाँसे मैदान आवश्यकताअनुसार व्यवस्थापन हुन नसक्नु, घाँसे मैदानलाई माइकेनिया नामको अतिक्रमित झारले ढाक्नु, दलदल र पानीका स्रोत कम हुँदै जानुले गैँडा मानव बस्तीमा पसेको उहाँले बताउनुभयो ।

बस्ती र निकुञ्ज एवं मध्यवर्ती क्षेत्रमा आवातजावत गर्न रोक्ने गरी बार लगाउन सके यो समस्या कम हुने उहाँले बताउनुभयो । यससँगै निकुञ्जभित्र गैँडाको बासस्थान व्यवस्थापनमा विशेष सुधार गर्नुपर्ने उहाँको भनाइ छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएको र पूर्वमा कम भएका कारण पश्चिमी क्षेत्रमा बढी समस्या देखिएको छ ।
पश्चिमका गैँडा पूर्वमा स्थानान्तरण गर्ने तयारीमा पनि निकुञ्ज लागेको उहाँले बताउनुभयो । निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घाँसे मैदानको व्यवस्थापनको अभावमा गैँडा बस्ती पसेको बताउनुहुन्छ ।

आहारा र बासस्थान निकुञ्जभित्र राम्रो नभएसम्म यो समस्या आइरहने उहाँले बताउनुभयो । हालै मात्र नवलपुरको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा गैँडा आएर तीन मानिसलाई घाइते बनाएको, सवारीसाधन तोडफोड गरेको उहाँले जानकारी दिनुभयो ।

बस्ती क्षेत्रमा गैँडा आउन थालेपछि स्थानीय मात्रै नभएर गैँडा पनि जोखिममा परेको संरक्षणकर्मीहरू बताउँछन् । विगतका वर्षहरूमा चोरीशिकारबाट गैँडा मारिएको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । यसै आर्थिक वर्षमा गैँडा गणनाको तयारी निकुञ्जले थालेको छ । चार वर्ष अघि गैँडा गणना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group