ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी कुण्ड स्वास्थ्य पर्यटनमा विकास हुँदै


admin
३० कार्तिक २०७५, शुक्रबार   ३ : ३४   बजे

बेनी, ३० कात्तिक । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ ।

प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिकल टुरिजम’का रुपमा विकास हुन थालेको हो ।

कात्तिक अन्तिम साता पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको नसासम्बन्धी उपचारसमेत यसै तातोपानी कुण्डमा डुबेर गराइएपछि यो कुण्डको महिमा अझ व्यापक भएको छ । दाहाल, उहाँकी पत्नी, गृहमन्त्री रामबहादुर थापा र उहाँकी पत्नी नैनकलालगायतको टोलीले तीन दिनसम्म तातोपानी कुण्डमै स्नान गरी फर्किनुभएको छ ।

बेनी आएका दाहालसहितको टोलीले बेनीस्थित होटल याकमा बसेर नौ किमी लामो कच्ची सडकबाट ओहोरदोहोर गरी कुण्डमा स्नान गरी प्राकृतिक उपचार गर्नुभएको हो । उनीहरुले तीन दिनमा आठ घण्टा प्राकृतिक तातोपानीलाई जम्मा गरिएको कुण्डमा स्नान गर्नुभएको थियो ।

सिङ्गापुरलगायतका ठाउँमा पुगेरसमेत उपचार गर्दा निको नभएपछि मुलुककै पूर्वप्रधानमन्त्री दाहालपत्नी दाहाललाई तातोपानीमा डुबेर उपचार गराइनुले यस क्षेत्रका बारेमा सकारात्मक सन्देश प्रवाह भएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

“यसअघि पनि उच्च पदमा रहेका व्यक्ति कुण्डमा उपचारका लागि आउने गरेका थिए, अहिले दाहाल पत्नी सीताको उपचारसँगै दाहाल र गृहमन्त्री स्वयं नै म्याग्दीमै बसेर तीन दिन नियमितरुपमा कुण्डमा आएर स्नान गर्नुभयो । यसले यो क्षेत्रको प्रचारप्रसारमा ठूलो योगदान पुगेको हामीले विश्वास लिएका छौँ”, अध्यक्ष शाक्यले भन्नुभयो ।

जमीनभित्रबाट निस्कने ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको गन्धक र विरेनूनको गन्ध आउने यहाँको प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरेमा ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिने, गलगाँडलगायतका रोग निको हुने मान्यता छ । तीन दिनसम्म तातोपानी कुण्डमा पत्नी सीताको उपचार गरी फर्कने क्रममा नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले स्वास्थ्य उपचार केन्द्रका रुपमा चिनिएको तातोपानी कुण्डलाई ‘मेडिकल टुरिजम’का रुपमा विकास गर्न सकिने बताउनुभयो ।

“हामीले पहिले सुनेका मात्रै थियौँ, अहिले प्रत्यक्षरुपमा आएर आफैँले अनुभूति ग¥यौँ, साच्चिकै तातोपानी कुण्डमा स्नान गरेपछि स्वास्थ्यमा रहेका समस्या हल हुने विश्वास हामीलाई पनि भयो”, नेता दाहालले भन्नुभयो ।

बेनीदेखि कुण्डसम्म पुग्ने सडकलाई कालोपत्र गर्न शुरु भएको योजनालाई प्रभावकारी बनाउन, कुण्डको पूर्वाधार निर्माण, क्षमता विस्तार र थप व्यवस्थित बनाउन सक्दो पहल गर्ने दाहालले प्रतिबद्धता जनाउनुभयो । पारिवारिक विश्रामका लागि म्याग्दी आए पनि यहाँको छलफल, अवलोकन र भ्रमण उपलब्धिमूलक रहेको गृहमन्त्री थापाको प्रतिक्रिया छ ।

“जमीनबाट निस्कने तातोपानीको महिमा अत्यन्तै बढी रहेको अनुभूति ग¥यौँ, यसलाई विकास र प्रचारप्रसार गर्न सकेमा यहाँ स्वदेशका मात्रै होइन विदेशबाट समेत स्वास्थ्य उपचारका लागि बिरामी र पर्यटक भित्र्याउन सकिने सम्भावना छ, हाम्रो जोड यसैमा रहन्छ”, मन्त्री थापाले भन्नुभयो ।

उहाँले म्याग्दी हिमाल, पहाड, मनोरम भू–बनोटसँगै धार्मिक, कृषि र ग्रामीण पर्यटनको दृष्टिकोणमा समेत महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोर र कोरला नाका सञ्चालनमा आएमा बेनीसँगै सिङ्गो म्याग्दी ‘चोकको घडेरी’ हुने उहाँको भनाइ थियो ।

यसरी हुन्छ उपचार

बेनीदेखि नौ किमी टाढाको दूरीमा रहेको तातोपानीमा म्याग्दी नदीको किनारमा जमीनभित्रबाट ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रम भएको पानी निस्कन्छ । गन्धक र विरेनूनको गन्ध आउने प्राकृतिक तातोपानीको कुण्डमा शरीरको बाहिरी भाग डुबाएर उपचार गरिन्छ । कुण्डमा डुबेपछि बाहिर निस्किएर कम्बल वा बाक्लो कपडा ओढेर पसिना बगाएपछि नजिकै बनाइएका तातोपानीका धारामा नुहाउने गरिन्छ ।

यस कुण्डमा नियमित नुहाउनाले ग्याष्ट्रिक, नसा, बाथरोग, ढाड दुख्ने, छालासम्बन्धी रोग, सुन्निएको, बज्रिएको, मर्किएको, पेट सुनिन्ने, गलगाँड, एसाइतिसलगायतका रोग निको हुने विश्वास छ ।

कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीका अनुसार अहिले कुण्डमा २५० जनाले नियमितरुपमा डुबेर उपचार गर्दै आएका छन् । “सल्फर र गन्धकको मात्रा रहेकाले यो कुण्डमा स्नान गर्नेको एक जनाको रोग अर्कोमा सर्दैन, पानीको गुणबारे थप अनुसन्धान लागि पानी परीक्षणसमेत भएको छ”, सहसचिव केसीले भन्नुभयो ।

यो कुण्डमा स्नान गरेपछि रोग निको हुने भएपछि मुलुकका विभिन्न स्थानबाट एक हप्तादेखि १५ दिनसम्मको प्याकेजमा कुण्डमा स्नान र डुब्नका लागि आउनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । गत वर्ष १६ हजार ९७८ जनाले यस कुण्डमा आएर स्नान गरी उपचार गरेका छन् ।

लडेर, नसा, युरिक एसिडलगायतका कारण हिँड्नसमेत नसक्ने भएर सहयोगीका भरमा उपचारका लागि स्नानका लागि आउने कुण्डमा डुबेर उपचार गरेपछि आफैँ हिँडडुल गर्नसक्ने भएर फर्कने गरेका छन् ।

यस कुण्डमा स्नान गर्नका लागि १० दिनको रु ३०० शुल्क तिर्नुपर्छ । कुण्डबाट भएको आम्दानीबाट स्थानीय सरस्वती माविका नौ जना शिक्षकको तलब सुविधा उपलब्ध गराइन्छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group