ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा निषेधित पहिलो नगरपालिका घोषणा


एबीसी न्यूज
२ मंसिर २०७५, आइतबार   ७ : १४   बजे

रारा, २  मङ्सिर ।  मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ ।

नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा झाँक्रीसहित कार्यक्रम सहभागी थिए । नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महीनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ बस्तीमा नियमित प्रचारात्मक अभियान थालिएको थियो । नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा कार्यक्रममा नगरपालिकाभित्रका पाँँच हजार बढी सर्वसाधारणको सहभागिता थियो ।

नगरलाई मदिरा निषेधित घोषणा गर्दा प्रदेश मुख्यमन्त्री शाहीले प्रतिबद्धतापत्र वाचन गर्दा उपस्थित सबैले उठेर वाचन गरेर मदिरा निषेधितमा प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा नगरका वडा नं ५ का वडाध्यक्ष डम्बरबहादुर रावलले मदिराकै कारण समाज उधो गतितिर गएको र समाजमा महिला हिंसा, बालविवाह, विकास दुरुपयोग, अनियमिता बढ्दै गएको निष्कर्षसहित गत असोज १ गते बसेको नगरसभाको निर्णय गरेअनुसार आज निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो ।

विगतका चाडबाडभन्दा यो वर्षका चाडबाड नगरवासीले खुशी र उल्लासमा मनाएको स्मरण गर्दै यो अभियानमा सबै लाग्न प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आग्रह गर्नुभयो ।

नगर क्षेत्रलाई बिक्री क्षेत्र बनाएका नेपाल सरकारबाट मदिरा बिक्रीका लागि इजाजत प्राप्त २६ जना व्यवसायीले आफ्ना इजाजतपत्र नगरपालिकालाई बुझाएको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्लले बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गोपालबहादुर बमले नगरपालिकाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि २०७५ छायानाथ रारा राजपत्र सार्वजनिक गर्नुभयो ।

मदिरा पीडितको प्रतिनिधित्व गदै छायानाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाउँकी नन्दकला मल्लले आफूले १८ वर्षमा विवाह गरेको १० वर्ष नबित्दै श्रीमानको मदिरा सेवनकै कारण कलेजोमा क्यान्सर भएर मृत्यु भएको र साथमा रहेका चार बच्चाको कठिन सामना गर्दै पालनपोषण गरेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिका–३ तुम गाउँका स्थानीय केशर रावलले विगतमा मदिरा सेवन गरेकामा पश्चाताप गर्दै १२ वर्षभन्दा लामो समयसम्म रक्सी सेवन गर्दा धन, इज्जत सबै गुमेको र आफ्ना बालबच्चाले राम्रो शिक्षा नपाएको तथा आर्थिकरुपमा आफ्नो परिवार कमजोर हँुदै गएको बताउनुभयो । उहाँले नगरपालिकाले घोषणा गरसँगै आफूले मदिरा सेवन छोडेको घोषणा गर्नुभयो ।

स्वर्ग भनेकै कर्णाली हो भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छायाँनाथ, चन्दननाथजस्ता प्रसिद्ध तीर्थस्थल रहेको बताउनुभयो । उहाँले कर्णाली प्रदेशमा मानिस कासाका थाल, कासाका भाँडा, तामाका भाँडामा मार्सी चामल खाने क्षेत्र हो तर केन्द्रीय सरकारको उपेक्षाले क्रमशः कणाली गरीब भएको हो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group