ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अज्ञात समूहद्वारा नगरपालिकाको गाडीमा आगजनी


admin
२ मंसिर २०७५, आइतबार   १० : ३९   बजे

 

सिंजा, २ मङ्सिर । चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्राङ्गणमा राखिएको क१झ १ नंको गाडी राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

राति करीब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताउनुभयो । घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास ग¥यौँ, पछि प्रहरी र सेना आएर आगो निभाएको उहाँले बताउनुभयो । गाडीको माथिल्लो भाग पुरै जलेको छ ।

जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाउनुभयो । नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।

यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । डिजिटल गाउँपालिकाको रुपमा लाखाँैका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ । केही महत्वपूर्ण कागजातहरु समेत जलाएका छन् उहाँले बताउनुभयो ।

यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । यता घटनाको विवरणसहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group