ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीमा हतियार प्रहार गरी लुटपाट, पाँच जना घाइते


admin
३ मंसिर २०७५, सोमबार   १० : ३३   बजे

गौशाला, ३ मङ्सिर ।  महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा गएराति डकैती भएको छ ।

डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले गएराति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर रु दुई लाख नगद, पाँच तोला सुन, तीन वटा मोबाइल, १० थान साडी र अन्य गर गहनासहित रु सात लाख मूल्य बराबरको धनमाल लुटेर लगेका छन् ।

बाह्र-१४ जनाको समूहमा आएका सशस्त्र डाकाहरुले ललिन यादवका साथै स्थानीय सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी पाँच जनालाई घाइते बनाएका छन् ।

डाँकाहरुले घरेलु हतियारबाट प्रहार गरी ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा काटेर घाइते बनाएका छन् ।

डाँकाहरुको कुटाइबाट सुरेन्द्र यादवको अवस्था गम्भीर रहेको छ भने उहाँको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यता बाँकी चार जनाको उपचार सम्सी स्वास्थ्य चौकीमा भइरहेको जनाइएको छ ।

यता जिल्ला प्रहरी कार्यालयबाट डाँकाहरुको व्यापक खोजतलाश भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group