ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्कैको बच्चा जन्माएको भन्दै घरबाट निकालेपछि………


एबीसी न्यूज
५ मंसिर २०७५, बुधबार   ९ : १२   बजे


काठमाडौँ, ५ मंसिर । नारायणपुर स् दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ ।

एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो ।

गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताइन् ।

तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन सुरु गरेका थिए ।

‘तीन वर्षपहिले मागेर बिहे भएको हो, बिहे गरेको आठ महिनाबाटै पिट्न शुरु गर्नुभयो,’ पीडित दुर्गाले भनिन्, ‘गर्भवती भएको समयमा पनि पिट्ने, यातना दिने गरिरहनु हुन्थ्यो ।’

सुत्केरीलाई घर निकाला गरेर हेमराजले सम्बन्ध विच्छेदका लागि देउखुरीस्थित जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताइन् । सुत्केरी अवस्थामा स्याहारसुसार पाउने बेलामा दुर्गाले न्याय खोज्दै न्यायिक निकायमा पुग्नुपर्ने बाध्यता छ । रोल्पा त्रिवेणी गाउँपालिका जुगार माइत भएकी दुर्गालाई अहिले माइती पक्षले सहयोग गर्दै आएका छन्।

केही दिनपहिले न्याय माग्दै दुर्गाले जिल्ला प्रहरी कार्यालयमा निवेदनसमेत दिएकी थिइन् । जिल्ला अदालतमा विचाराधीन मुद्दामा प्रहरीले केही गर्न नमिल्ने भन्दै फकाई दिएको पीडितले बताइन्।

घोराहीमा मंगलबार पत्रकारसँग कुरा गर्दै पीडित दुर्गाले आफूलाई न्याय दिलाई दिन जिल्लास्थित सम्पूर्ण मानवअधिकारवादी, महिला अधिकारकर्मी, सामाजिक सङ्घसंस्था, प्रहरी, प्रशासन र पत्रकारलाई आग्रह गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको बाढीले तहसनहस बनायो त्रिशूली मावि, समयमै विद्यार्थी निकालिँदा ठूलो मानवीय क्षति टर्‍यो

 भोटेकोशीको बाढीमा सुरक्षाकर्मीसमेत बेपत्ता, ४४ नेपाली सेना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu