ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हत्या योजनाको आरोपी तीन जना पक्राउ


admin
६ मंसिर २०७५, बिहिबार   २ : ४७   बजे

बर्दिया,६ मंसिर । बर्दियामा बढैयाताल गाउँपालिका ३ गोव्रेपुरुका ३५ वर्षीय मोहन खटिकको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय मैनापोखरले ३ जनालाई पक्राउ गरेको छ ।

हत्याको योजनाकारको आरोपमा बढैयाताल गाउँपालिका ३ गोब्रेपुरका लक्षु भनिने ४५ वर्षिय लक्षिराम खटिक, सतपतियाका ४५ वर्षिय शालिकराम खटिक र २५ वर्षिय राजेन्द्र खटिकलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले प्रहरीलाई दिईएको बयान, कलडिटेल रेकर्ड, पीडितको किटानी जाहेरी घटना स्थलको सवुत प्रमाणको आधारमा उनीहरुलाई पक्राउ गरीएको बताए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले आज विहान पक्राउ गरी पत्रकार सम्मेलन गरी पक्राउ गरेको हो ।

मृतकी श्रीमती समरी खटिकले कात्तिक २२ गते दिएको जाहेरीका आधारमा मनोरथ भनिने मनोहर खटिक र राम जुगेस खटिकलाई पनि अनुसन्धानका क्रममा हिरासतमा राखिएको जनाएको छ ।

हत्याका मुख्य आरोपी भारतीय नागरीक भएको इलाका प्रहरी कायालयले जनाएको छ । ३२ र ३३ बर्षका दुइजना पेशेवार अपराधीको प्रयोग भएको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेन्द्र प्रसाद मैनालीले अर्को देशमा भएको कारणले सार्वजनिक नगरेको र अन्तरदेशिय प्रहरी सँग समन्वय गरेर अनुसन्धान गरीने बताए ।

पशु व्यापार गर्दै आएका मृतक खटिकलाई पुरानो रिसिईबी तथा लेनदेनका कारण गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मृतक खटिकको घरमै सुतिरहेको बेलामा पेटमा गोली हानिएको थियो । घाईते अवस्थामा भेटिएका उनलाई परिवार लगाएत स्थानीयवासीले उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज उपचारका लागि लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu