ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला पन्तका बुबा यज्ञराजको कलेजोमा संक्रमण , त्रिवि शिक्षण अस्पतालमा उपचार हुदै


एबीसी न्यूज
१० मंसिर २०७५, सोमबार   ८ : ०७   बजे

काठमाडौं, १० मंसिर । निर्मला पन्तका बुबा यज्ञराजको कलेजोमा संक्रमण देखिएको छ । छोरीका हत्यारालाई कारबाहीको माग गर्दै धर्नामा रहेका उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबार साँझ त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।

प्रारम्भीक स्वास्थ्य परीक्षणमा यज्ञराजको कलेजोमा संक्रमण देखिएको हो । आकस्मिक विभागका डाक्टर तीर्थमान श्रेष्ठका अनुसार उनको कलेजोमा संक्रमणका साथै मुटुको चाल १३० पुगेको छ ।

धर्नामा बसेरहेको अवस्थामा हाँस्ने, रुने, बर्बराउने, गालीगलौज गर्ने जस्ता अस्वाभाविक लक्षण देखिन थालेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

चिकित्सकहरूले भिडियोमा आएको जस्तो गम्भीर अवस्था नभएको बताएका छन् । डा.श्रेष्ठले भने, ‘उहाँमा मानसिक समस्या नहुने भन्ने भएन तर, जसरी भिडियोमा देखाएको थियो त्यस्तो अवस्था हामीले पाएनौँ ।’

बाटोमा लट्याउने औषधि दिँदै आएकाले चिकित्सकले उनको अवस्थाका बारेमा भन्न नसक्ने बताएका छन् ।

डा.श्रेष्ठका अनुसार सिटी, एमआरआई, रगतको रिपोर्ट नर्मल देखिएको छ । सडकमा दौडिएकाले देब्रे खुट्टाको दुई वटा औँला भाँचिएको छ ।

अहिले औँलामा प्लस्टर गरिएको छ । उनलाई जनरल वेडमा सारिएको छ । मानसिक रोग विशेषज्ञको सल्लाह बमोजिम कुनै औषधि चलाइएको छैन ।

धेरै दिन चिसोमा धर्ना बसेका कारण र पानीको कम प्रयोग, अत्याधिक ज्वरोले पनि कलेजोमा संक्रमण भएको हुन सक्ने चिकित्सकहरूले अनुमान गरेका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार यज्ञराजलाई ९९.८ डिग्री ज्वरो आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसद धनञ्जय रेग्मीले दिए सरकारलाई पूर्वतयारीको चेतावनी-‘४७ एटमबमजस्ता हिमताल’

काठमाडौंसहित ९ जिल्लाका प्रमुख सडकखण्डमा यातायात अवरुद्ध

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu