ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीको विकासमा आर्थिक अभाव हुन दिन्न : मुख्यमन्त्री शाही


एबीसी न्यूज
११ मंसिर २०७५, मंगलबार   ८ : ३७   बजे

कालीकोट, ११ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यहाँको विकासमा आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जिल्ला समन्वय समिति कालीकोटको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उहाँले यो प्रदेशलाई गरीबीको उपमा दिए पनि यहाँको विकासका लागि आर्थिक स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

“कर्णालीको योजनाबद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “अब परिणाम देखिनेगरी काम गर्छौं ।” प्रदेश योजना आयोगले प्रदेशको बहुआयामिक विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको बताउँदै उहाँले तीनवटै तहको सहकार्यमा मात्र कर्णालीको विकास अभियान अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो, “विकास दाताले नभई जनताले गर्छन् बरु दाता निकायको सहयोगी भूमिका हुन्छ ।”

विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्दै लैजानुपर्नेमा जोड दिदैं कृषि, उद्योग, पर्यटन, जडीबुटीलगायत क्षेत्रमा उत्पादनमूलक योजना निर्माण गरेर काममा लाग्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले स्रोतको सदुपयोग र दिगो विकासमा ध्यान नदिए वा जनतालाई उत्पादनमूलक काममा नजोडेसम्म समृद्धि प्राप्त नहुने बताउँदै “जननिर्वाचित तपाईं हामी सबै जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्दछ”, भन्नुभयो ।

नकारात्मक सोच र राजारजौटाको जस्तो शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिहरु जनताको सेवक बनेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सभामा स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावका कारण आफूहरुलाई काम गर्न गाह्रो भएको गुनासो गर्नुभयो । कर्मचारी आपूर्तिमा सङ्घीय सरकारले उदासीनता देखाएको भन्दै उनीहरुले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राजनीतिक दलका नेता तथा अधिकारकर्मीले कालीकोटको विकास र समृद्धिका लागि सुनथराली विमानस्थल सञ्चालन गर्नुपर्ने, कर्णाली राजमार्गको स्तरोन्नति, गुणस्तरीय एवं रोजगारमूलक शिक्षाको व्यवस्था, साना तथा मझौला उद्योगको विकास, पर्यटन र आधुनिक कृषि प्रणालीको विकास गर्नुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

यसरी धारणा राख्नेहरुमा प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत, राष्ट्रियसभा सदस्यद्वय जीवन बुढा, नरपति सुनार, प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही र सोशीला शाहीलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu