ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुन :निर्माणमा स्रोतसाधन सुनिश्चितता गर्न निर्देशन


admin
१२ मंसिर २०७५, बुधबार   ६ : ४३   बजे

काठमाडौं,१२ मङसिर। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले भूकम्पपछिको पुनःनिर्माणलाई आवश्यक स्रोतसाधनको सुनिश्चितता गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा पुनःनिर्माणसम्बन्धी छलफलपछि समितिले छिटोभन्दा छिटो लाभग्राही सूचीमा नपरी गुनासो गरेका नागरिकका बारेमा निर्णय गर्न निर्देशन दिएको सभापति कल्याणकुमारी खड्काले जानकारी दिनुभयो ।

जोखिमयुक्त वर्गमा परेका लाभग्राहीलाई थप रु ५० हजार दिने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न बैठकले निर्देशन दिएको छ ।

भूमिहीन, सुकुम्बासी, ऐलानी प्रती जग्गामा बसेका भूकम्पपीडित पहिचान गरी विशेष ध्यान दिएर अनुदान वितरण गर्न, भूकम्पका कारण अङ्गभङ्ग भएका, आपाङ्ग, एकल परिवार, वृद्धवृद्धा तथा घरपरिवारविहीन बालबालिकाका लागि आर्थिक सामाजिक पुनःनिर्माणको कार्यक्रम शुरु गर्न, सहुलियत दरको ऋण सहजरुपमा दिने व्यवस्था मिलाउन तदारुकताका साथ काम गर्न प्राधिकरणलाई समितिले निर्देशन गरेको छ ।

बैठकमा सांसदले पुनःनिर्माणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र प्राधिकरण स्थापना भएदेखि हालसम्म कर्मचारीका लागि गरिएको खर्च विवरण माग गर्नुपर्नेमा जोड दिनुभएको थियो । सांसद जीपछिरिङ लामाले भूकम्पले भत्किएका गुम्बा पुनःनिर्माण हुन नसकेकामा प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गौरीशङ्कर चौधरीले सरकारले दिने थोरै अनुदानका लागि धेरै झञ्झट भोग्नुपर्ने कार्यविधि रहेको बताउनुभयो । सांसद गणेश पहाडीले वास्तविक भूकम्पपीडित अझै छुटेकोतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद केदार सिग्देलले पीडितको वर्गीकरणमा एकरुपता नभएको बताउनुभयो । सांसद यज्ञराज सुनुवारले भूकम्पबाट पीडित राज्यबाट पनि पीडित हुनुपरेको बताउनुभयो । सांसद रामबहादुर विष्टले दाता सम्मेलनमा प्रतिबद्धता जनाएको रकम नआउनु सरकारका कूटनीतिक असफलता भएको बताउनुभयो ।

सांसद विनाकुमारी श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रका सम्पदा पुनःनिर्माणमा आइपरेका समस्या समाधानका लागि प्राधिकरणको ध्यानाकर्षण गराउनुभयो । सांसद महेन्द्रराय यादवले वर्गीय सरकारले तल्लो वर्गका भूकम्पपीडितको समस्या बुझ्न नसकेको आरोप लगाउनुभयो । सांसद अनिलकुमार झाले बाढीपीडितका समस्या समाधानमा सरकारले काम नगरेको बताउनुभयो ।

सांसदका गुनासा सुनेपछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणमा देखापरेका समस्या समाधानका लागि वरिष्ठ इञ्जिनीयरलाई स्थानीय तहमा खटाउने तयारीमा लागिएको जानकारी दिनुभयो ।

बाढीपीडितका लागि गृहमन्त्रालयले नै काम गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो । प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले वास्तविक भूकम्पपीडितले अनुदान पाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group