ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पटक -पटक चेतावनी दिदाँ पनि सुध्रिएनन् मासु पसल


admin
१३ मंसिर २०७५, बिहिबार   ३ : ०९   बजे

दाङ,१३ मङसिर । एक पटक होइन, पटक- पटक अनुगमन गर्दा पनि दाङ तुलसीपुर बसपार्कको मासु पसलहरुको अबस्थामा सुधार आउन सकेको छैन ।

अझै पनि मासु पसलमा जाली नराखिएको, मासुपसलको बाहिर साईबोर्ड नराखिएको, सरसफाई नगरेको, बासी मासु राख्ने गरेको , बंगुर पाल्ने र मासु बेच्ने एउटै भएको, बध गर्ने ठाउँ फोहोर भएको, राँगा र भैसी एकै ठाउँमा राखेर बेच्ने गरेको, मूल्य सूची नराखेको, सटर नभएको पाईएको छ ।

बिहीबार तुलसीपुर उपमहानगरपालिको पशुसेवा शाखाको समन्वयमा बिभिन्न सरोकारवाला ब्यक्तिहरुको सहभागितामा अनुगमन गर्दा मासु पसल वरपर दुर्गन्धित आउने गरेको भेटिएको थियो । मापदण्ड बिपरित चलेका मासुपसलहरुलाई मापदण्ड अनुसार चल्न निर्देशन दिईएको र यदि अटेर गरे कानूनी कारबाही गर्ने समेत चेताउने दिईएको थियो ।

पटक -पटक अनुगमन गर्नुका साथै मापदण्डमा आउन निर्देशन दिदाँ पनि अटेर गरेको भन्दै अब पनि अटेर गरे मासु पसल नै बन्द गर्ने तुलसीपुर उपमहानगरपालिकाका शाखा अधिकृत नारायणप्रसाद रेग्मीले बताउनुभयो ।

‘पटक -पटक अनुगमन गर्र्दा पनि  सुधार आउन सकेको छैन्’ उहाँले भन्नुभयो ‘आउँदा दिनमा पनि अटेर गरे मासुपसल नै बन्द गछौं ।’त्यस अवसरमा मासु व्यवसायीले भने मासु पसललाई व्यवस्थित बनाउन उपमहानगरपालिकाले कुनै चासो नदिएको आरोप लगाएका थिए ।

उनीहरुले उपमहानगरपालिकालाई भाडा बुझाउँदा मासु पसललाई ब्यबस्थित बनाउन तार जाली लगाई दिने , दैनिक फोहोर उठाउने गाडि पठाउने शर्त भएपनि त्यसो नभएको मासु ब्यबसायी निमबहादुर डाँगीले बताउनुभयो । अलिहे हप्ता एक-दुई पटक मात्रै उपमहानगरपालिको गाडि पठाउँने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group