ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हार्डवेयर व्यवसायीको  छुरा प्रहार गरी हत्या


admin
१४ मंसिर २०७५, शुक्रबार   १० : २६   बजे

दाङ,१४ मङसिर । दाङको घोराहीमा विहिबार बेलुका एक जना हार्डवेयर व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका १३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडि गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षिय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको हो ।

त्यहाँ घर्तीलाई गम्भिर घाईते अवस्थामा स्थानियले फेला पारेपछि अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ । घटना स्थलमा घर्तीको शरिरमा प्रहार भएको चक्कु समेत प्रहरी फेला पारेको छ ।

घर्तीमगरले घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए । दाङका प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेका अनुसार छुरा प्रहारबाट गम्भिर घाईते भएका घर्तीमगरलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पु¥याइएको र त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए ।

विहिबार बेलुका रात पर्नेबेला एक जनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुगभएपछि पसल धनी घर्तीलाई तपाई जमानी बसेपछि पैसा दिन्छ जाउ लिन भनेर लगेर गएको र आधा घण्टामा घटनाका बारेमा स्थानियले खबर गरेको पारिवारीक स्रोतले जनाएको छ ।

सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्री भएको र उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ पक्राउ परेका व्यक्ति पनि घाईते भएको र घरमा पुगेर रगत लागेको कपडा फेरी सकेको अवस्थमा प्रहरीले पक्राउ गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।

घटनालाई गम्भिररुपमा लिदै एसपीकै कमाण्डमा प्रहरी परिचालन गरेर थप अपराधीको खोजी र थप अनुसन्धान भैरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीनको भीषण बाढीप्रति गुटेरेसको दुःख, राष्ट्रसंघबाट सहयोगको प्रतिबद्धता

 मकवानपुरका ४० जनाको अवस्था बुझ्न प्रशासनसँग आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu