ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ शहरमा प्रमुख नहुँदा सडक कालोपत्रेको काम अलपत्र


admin
१५ मंसिर २०७५, शनिबार   १० : २४   बजे


रुकुम,१५ मङसिर । रुकुम पश्चिमको चौरजहारी अवस्थित नयाँ शहर कार्यालयमा ईन्जिनियर नहुँदा सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन । देशका दश नमुना शहर निर्माण गर्ने सरकारी लक्ष्य अनुरुप रुकुम पश्चिमको चौरजहारीमा संचालीत नयाँ शहरमा ईन्जिनियर नहुँदा सडक कालोपत्रे गर्ने काम सुरु हुन नसकेको हो ।

निर्माण व्यावसायी र नयाँ शहरी विकास कार्यालय बीचठेक्का सम्झौता भएको ६ महिना बितिसक्दा पनि हाल सडक निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनिले काम गर्ने भनेर कामदारलाई बोलाइसकेको भएपनि काम गर्न लाइन नदिँदा समस्या बताएको छ ।

नयाँ शहर आयोजनामा कार्यरत प्रमुख रन्जनकुमार दास सरुवा भएर गएको १ महिना विति सक्दा समेत नयाँ ईन्जिनियर नहुदा सडक निर्माणको काम अलपत्र परेको निर्माण व्यावसायी एवम सुपरभाईजर शोमनाथ थकालीले बताउनुभयो ।

गत असार १८ गते नयाँ शहर आयोजना र स्वच्छन्द बानियाँ द क्याराभान जे भि बिच ठेक्का सम्झौता भएपनि साउन महिना बर्षातको समय भएकोले काम सुरु गर्न नसकिएको बताइएको छ ।

निर्माण व्यावसायीले साइटमा आवश्यक जनशक्ति र मेसिन तथा अन्य निर्माण सामाग्री पुर्याइएको भएपनि काम गर्नका लागी नयाँ शहर आयोजनाले लाइन नदिँदा अलपत्र अवस्थामा बस्नु परेको चौरजहारी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तेज बहादुर विष्ट ले बताउनुभयो ।

स्वच्छन्द बानियाँ द क्याराभान जे भिका उपेन्द्र खड्काले कामको लागी नयाँ शहर आयोजना कार्यालयले साइट नदिँदा समस्या भएको बताउनुभयो । सामान र कामदारका लागि १० करोड खर्च भइसकेको उहाँको भनाई छ । नयाँ शहर आयोजनाकै लापरवाहिले गर्दा निर्माणको काम रोकिनुका साथै मेसिनहरु स्काइभेटर , जेसिभी, टिप्पर, ट्याक्टर, तथा सयौं कामदार त्यतिकै बस्नुपरेको छ ।

३५ करोड ७० लाख बजेटमा साढे ७ किलोमिटर कालोपत्रे गर्ने, १० किलो मिटर नयाँ कटिंग गर्ने, ग्याभिंग , मेसिनरी वाल र साइट नालीहरु निर्माण गर्नका लागी ठेक्का सम्झौता भएको थियो । तर नयाँ शहर आयोजना कार्यालय चौरजहारीमा कार्यालय प्रमुख नभएको १ महिना भइसकेको छ । नयाँ कार्यालय प्रमुख नआएकोले काममा ढिलाई भएको नयाँ शहर आयोजनाले बताएको छ ।

एकातिर निर्माण व्यावसायीले काममा ढिला सुस्ति गरेको गुनासो आईरहदा चौरजहारीमा भने शहरी विकासको ढिला सुस्तिले गर्दा निर्माण व्यावसायीहरुले काम सुरु गर्न सकिरहेका छन । जसको फलस्वरुप नयाँशहर आयोजनाको कामले गतिलिन सकिरहेको छैन ।

यहि कामको ढिला सुस्तिले गर्दा सल्यानको सल्लीवजार देखि चौरजहारी जोडने सडक निर्माण भएको १२ वर्ष वितिसक्दा पनि सडको स्तरोन्नित कार्य हुन सकेको छैन ।
सडक यातायात सेवा लिने यात्रुहरु जोखिममोलेर यात्रा गर्न वाध्य छन । भने वर्षायाममा सडक यातायात सेवा ठप्प हुदा छिमेकि जिल्ला जाजरकोट वाट यात्रा गनु पर्र्ने वाध्यता छ ।

यात्रुहरुले चौरजहारी वजार आसपासमा वर्षायाममा राताम्य हिलो र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्नुपर्ने अवस्था विद्यमान छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group