काठमाडौं । भारत सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि नेपाललाई १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधी सहयोग गरेको छ।
चुनौतीपूर्ण अवस्थामा नेपाल र नेपाली जनताको साथमा रहेको जनाउँदै भारतले बाढी प्रभावितका लागि राहत सामग्री पठाएको हो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गणेश’लाई उक्त राहत सामग्री हस्तान्तरण गरेका छन्।
यसअघि भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत रसुवा बाढी प्रभावितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधी नेपाल पठाइएको जानकारी दिएका थिए।
विदेशमन्त्री जयशंकरले बाढीबाट ज्यान गुमाउनेका परिवार तथा प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।
राहत सामग्रीमा के छ ?
भारतीय सरकारले उपलब्ध गराएको १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि पठाइएको भारतीय दूतावासले जनाएको छ।
बाढी प्रभावितको उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री नेपाल ल्याइएको हो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्