ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी आयोजना हस्तान्तरण


admin
१५ मंसिर २०७५, शनिबार   ११ : ५०   बजे

 नुवाकोट, १५ मङ्सिर । एक गाग्री पानी ल्याउन घण्टौँ समय बिताउनुपर्ने बाध्यतामा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीकी कृष्णकुमारी लामा अहिले घरमै धारामा पानी आउँदा खुशीले गद्गद् भएकीछिन् । खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासीलाई लक्षित गरी खानेपानी आयोजना सम्पन्न भएपछि ७६ घरधुरीका वासिन्दामा यस्तै खुशीयाली छाएको छ ।

इस्लामिक रिलिफ नेपाल(आइआरएन) को आर्थिक सहयोगमा बतास फाउण्डेशनद्वारा सञ्चालित नेपालमा सुरक्षित पानीको पहुँचअन्र्तगत तेम्माङसिम सूर्यडाँडा खानेपानी तथा सरसफाइ परियोजनाअन्र्तगत स्थानीय तेम्माङको मुहानबाट पानी ल्याई दुई ठूला ट्याङ्कीबाट ४६ वटा धारामा पानी वितरण गरिएको छ ।

स्थानीयवासीको श्रमदानसहित कूल रु ३२ लाखको लागतमा सम्पन्न सो परियोजना हिजो एक समारोहबीच गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष योगेन्द्रसिंह तामाङले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका जनतालाई खानेपानी सुविधा दिएर सहयोगी संस्थाले स्थानीय सरकारलाई सफल तुल्याउन सहयोग गरेको भन्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगका लागि आग्रह गर्नुभयो ।

आइआरएनका राष्ट्रिय प्रतिनिधि तल्ला जमानले स्वास्थ्य र खानेपानीजस्तो आधारभूत क्षेत्रमा सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै खानेपानी आयोजनाको दिगो सञ्चालन भएमा जिल्लाका अन्यत्र पनि परियोजना सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।
बतास फाउण्डेशनका उपाध्यक्ष विद्याभूषण ब्रजाचार्यले भूकम्पलगत्तै पनि स्थानीय जनतालाई लत्ता कपडालगायत राहत सामग्री उपलब्ध गराइएको उल्लेख गर्दै समुदायकै मागअनुसार खानेपानी आयोजना निर्माण गरिएको बताउनुभयो ।

सो खानेपानी परियोजनाबाट सो वडामा रहेका महादेव मावि र उज्ज्वल आधारभूत विद्यालयमा बालमैत्री धारा वितरण गरिएपछि विद्यार्थीहरुलाई निकै सुविधा पुगेको तथा वडा कार्यालय र स्वास्थ्य केन्द्रमा पनि धारा जडान भएको उपभोक्ता समितिका अध्यक्ष राजु लामाले जानकारी दिनुभयो ।

कार्यक्रम अधिकृत लाकेनाथ कणेंलका अनुसार महिलाको व्यक्तिगत सरसफाइमा सुविधा पु¥याउने उद्देश्यले वडामा तीनवटा सामुदायिक स्नान गृह पनि सञ्चालन गरिएको छ ।

आइआरएन र बतास फाण्डेशनको सहकार्यमा नुवाकोटकै थानसिङमा पनि खानेपानी आयोजना सम्पन्न गरिएको छ भने रसुवामा भूकम्पपीडित झण्डै डेढ सय परिवारलाई शौचालयसहितको पक्की घर हस्तान्तरण गरिएको फाउण्डेशनकी सदस्य बिन्दु मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group