ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशको भन्दा गाउँमा धेरै कमाइ,कारण यस्तो


admin
१५ मंसिर २०७५, शनिबार   १ : ३२   बजे

चितवन, १५ मङ्सिर ।  स्याङ्जाको हरिनास गाउँपालिका–ललही गाउँ यतिबेला सुन्तलाले पहेँलपुर बनेको छ ।

सुन्तला बारीको बीचमा स्थानीय अर्जुन सिग्देलको घर छ । सिग्देल तीन वर्ष मलेसिया बसेर आफ्नै गाउँमा कर्म गर्न फर्किएका व्यक्ति हुनुहुन्छ । विसं २०६० मा सिग्देल कमाउनका लागि मलेसिया पुग्नुभयो ।

त्यहाँको तीन वर्षको बसाईमा रु तीन लाख जोगाउन कठिन प¥यो । उहाँले भन्नुभयो, “महीनाको रु १० हजार पनि नबचेपछि म गाउँ फर्किए ।” गाउँमा अनगिन्ती अवसर आयो उहाँलाई ।

भिरालो बारीमा उहाँले सुन्तला, अदुवा, अम्रिसो लगाउनुभयो । सम्म बारीमा तरकारी रोप्नुभयो । गोठमा भैँसी र बाख्रा पाल्नु भयो । सबैले आम्दानी दिन थाले । खुशी हुँदै उहाँले भन्नुभयो, “यस वर्ष रु दुई लाखको सुन्तला बेचे, रु एक लाख ५० हजारको खसी र ५६ माना घ्यू बेचे ।” यससँगै अम्रिसो, बेसार, तरकारीबाट पनि आम्दानी भएको छ । वार्षिक रु चार लाखभन्दा बढीको आम्दानी भएको सिग्देलले बताउनुभयो ।

सिग्देलले कृषि कर्ममा मात्र होइन सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । सामुदायिक वन, कृषि समूह, टोल विकास समूह, विद्यालयजस्ता संस्थाको अध्यक्ष उहाँ नै हुनुहुन्छ । आठ वटा संस्थाको नेतृत्व आफैँले गरेको उहाँले बताउनुभयो ।

सुन्तला देखाउँदै उहाँले भन्नुभयो, “विदेश जानेका लागि गाउँमा गज्जबको उदाहारण म बनेको छु ।” विदेश जानुभन्दा आफ्नै देश र माटोमा मिहिनेत गर्न सक्यो भने यही नै कमाइ छ । गाउँबाट युवा पलायन भएकामा उहाँलाई चिन्ता छ । यहीं बसेर परिश्रम गरौँ यही रमाउँ भनेको छु कसैले सुन्दैनन् उहाँले गुनासो गर्नुभयो । सिग्देलले भन्नुभयो, “गाउँमा परिश्रमी किसान, समाजसेवी र नेता बन्न पाउँदा निकै खुशी लागेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group