ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा


admin
१६ मंसिर २०७५, आइतबार   ३ : १५   बजे

 

काठमाडौं, १६ मङसिर । नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो बैठक  काठमाडौंमा बस्न लागेको हो ।

बैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काअनुसार नेपाल–बङगलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको बैठक सोमबार र मंगलवार बस्ने तय भएको हो ।

बैठकमा सहभागी हुनको लागी वङगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यिय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आईतबार काठमाडौं आईपुग्नुभएको छ ।

नेपालको तर्फबाट भने उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले वैठकमा नेतृत्व गर्नुहुनेछ । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठक समेत तय भएको छ ।

उक्त बैठकमा नेपालको तर्फबाट सहसचिव दिनेश घिमिरेले बैठकको नेतृत्व गर्नुहुनेछ भने बङगलादेशको तर्फबाट भने पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले गर्नुहुनेछ ।

बैठकमा क्रस वोर्डर इन्टर कनेक्शनसम्बन्धी छलफल हुनुका साथै विद्युत व्यापारबारे समेत दुवैपक्षबीच वार्ता हुनेछ ।

त्यसैगरी नविकरणीय उर्जा क्षेत्रको सहयोग, नेपालको जलविद्युतमा बङगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट ५ सय मेगावाट विजुली बङगलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।

उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ को गत सेप्टेम्बरमा भएको वङगलादेश भ्रमणमा पनि दुवै देशबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले त्यसका लागी छिट्टै संयन्त्रको बैठक बोलाउने र त्यसमा आगामी दिनमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने बताउनुभएको थियो ।

मन्त्री पुन उर्जामन्त्रीका रुपमा आईसकेपछि नै बङगलादेशसंग उर्जासम्बन्धी समझदारीमा हस्ताक्षर भएको थियो । काठमाडौंमा भएको उक्त समझारीमा बङगलादेशका तर्फबाट उर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको थियो । उर्जामन्त्री पुनले नेपालको जलविद्युत बङगलादेशलाई बेच्ने वातावरण आफुले बनाउने दावी गर्दै आउनुभएको छ ।

उहाले नेपालमा उत्पादीत विजुलीको खपतका लागी आन्तरीक वजार बनाउनुका साथै क्षेत्रीय वजार निर्माणका लागी समेत पहल गरिरहनुभएको छ । मन्त्री पुनकै पहलमा चीन र बङगलादेशसंग इनर्जी कोअपरेशनमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group