ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाले सार्वजनिक गर्‍यो प्रदेश सदस्यहरुको नामावली ( सूचीसहित)


एबीसी न्यूज
१७ मंसिर २०७५, सोमबार   ५ : १२   बजे

काठमाडौँ, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गएको १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । सोही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।

सचिवालय बैठकको भोलिपल्टै प्रदेश सदस्यहरुको नाम सार्वजनिक गर्ने भनिएपनि नेकपाभित्रको अन्तरविरोधले झण्डै एक हप्तापछि नाम सार्वजनिक गरिएको छ। सोमबार दिउँसो महासविच विष्णु पौडेलले सातै प्रदेश कमिटीको नामावली सार्वजनिक गरेका हुन् ।

महासविच पौडेल र सचिवालय सदस्य रामबहादुर थापाको कार्यदलले पेश गरेका केही नाममा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएपछि नामहरु हेरफेर गरिएको बुझिएको छ । नाम हटाउने र थप्ने काम गर्नुपर्ने भएकाले नेकपाले ढिलागरि विवरण सार्वजनिक गरेको हो ।

योसँगै अब नेकपाको प्रदेश एकीकरण टुंगिएको छ । नेकपाले गएको असोज ५ गते प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरिसकेको थियो ।

अब पोलिटब्यूरो गठन, विभिन्न विभाग, जनवर्गीय संगठन तथा शुभेच्छुक संगठनहरुको एकता हुन बाँकी छ । गएको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तीन महिनाभित्र सबै एकता सक्ने भनिएपनि त्यसले अझै पूर्णता पाएको छैन ।

नामावली यहाँ क्लिक गर्नुहोस्

Pradesh-Committee-1-7-All

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनेरास्ववियुद्वारा नुवाकोटका बाढीपीडितलाई ७ लाखको राहत सामग्री

भोटेकोसीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी

सम्बन्धित

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

फर्पिङ चेकपोस्टबाट ५.२६ ग्राम खैरो हेरोइनजस्तो पदार्थसहित दुई पक्राउ

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु

रसुवा बाढीपछि महोत्तरीका ११ जना सम्पर्कविहीन

रसुवा–भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu