ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दश वर्षमा समाजवादको आधार निर्माण हुन्छ : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१८ मंसिर २०७५, मंगलबार   ७ : ५०   बजे

तौलिहवा, १८ मङ्सिर ।   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएकोे बताउनुभएको छ ।

कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा आज आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताउनुभयो ।

ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको उहाँले बताउनुभयो ।

नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको बताउनुभयो । चीनसँग चार वटा बन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दावी गर्दै अध्यक्ष दाहालले अब देश भूपरिवेष्ठित देशको रुपमा होइन, समुन्द्रसँग जमीनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने बताउनुभयो ।

तिलौराकोट, लुम्बिनी र रामग्रामलाई जोडेर विश्वशान्ति शहरको रुपमा यस क्षेत्रलाई विकास गरी संसारभरका बौद्धमार्गीहरुको आकर्षण केन्द्रको रुपमा विकास गर्न सरकार अघि बढेको उहाँले बताउनुभयो ।

यसैगरी लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोडेर धार्मिक केन्द्रको रुपमा विकास गर्दै भारतीय क्षेत्रमा रहेका शक्तिपीठलाई पनि यसमा जोड्दै धार्मिक पर्यटन विकासमा जोड दिने उहाँले बताउनुभयो ।

देश भित्रका लगानीकर्तालाई उत्प्रेरित गरी लगानीमैत्री वातावरण सिर्जना गर्न अध्यक्ष दाहालले सरकारलाई आग्रह समेत गर्नुभयो । आन्तरिक लगानी प्रवद्र्धन भए मात्रै विदेशी लगानी भित्र्याउन सकिने भन्दै उहाँले यसका लागि सरकार संवेदनशील भई स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्न नीतिगत रुपमा अघि बढेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । आजबाट शुरु भएको दशौँ कपिलवस्तु महोत्सव मङ्सीर १ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ३०० बढी विभिन्न कक्ष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group