ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसा विश्वव्यापी चुनौती : परराष्ट्रमन्त्री ज्ञवाली


एबीसी न्यूज
१९ मंसिर २०७५, बुधबार   ९ : १९   बजे

सुर्खेत, १९ मङ्सिर।   परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताउनुभएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान र दिगो विकास लक्ष्यलाई आधार बनाएर अघि बढेको बताउनुभयो । “महिलालाई पुरुष सरह बनाउन राज्यले ३३ प्रतिशत अधिकार प्रदान गरेको छ”, उहाँले भन्नुभयोे, “संविधानको मौलिक हक लागू गर्न सरकारले कानून निर्माण गरिरहेको छ ।” सङ्घ, प्रदेश र स्थानीय सरकारमा ४१ प्रतिशत महिलाको सहभागिता रहेको स्पष्ट पार्दै उहाँले पछिल्लो समयमा महिला अधिकारको उपलब्धि गर्व गर्न लायक भएको बताउनुभयो ।

“बलात्कार, हत्या, हिंसा र अपहरणलगायतका विकृतिको अन्त्यका लागि सबै तहका सरकारको भित्री सङ्कल्प अपरिहार्य छ,” उहाँले भन्नुभयो । आर्थिक, सामाजिक र सांस्कृतिकका साथै सम्पत्तिमा महिला अधिकार सुनिश्चित हुनसके मात्र हिंसा कम हुने मन्त्री ज्ञवालीको भनाइ थियो । उत्तर–दक्षिण जोड्ने हिल्सा–जमुना द्रूतमार्ग निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउन आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वर्तमान सरकारको एजेण्डा नै शान्ति, विकास र समृद्धि भएको बताउनुभयो । सभ्यताले नै सुसंस्कृत समाज निर्माण हुने औँल्याउँदै उहाँले लैङ्गिक हिंसा र विभेदमुक्त समाज निर्माणका लागि प्रदेश सरकारले आफ्नो योजना अघि बढाएको बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले हिंसा अन्त्यका विषयमा योजना बनाएर अघि बढेको अवगत गराउनुभयो । “सरकारलाई निर्मला पन्तको घटनाले संवेदनशील बनाएको छ, यद्यपि समाजमा घट्ने घटनाको बढी जिम्मेवारी स्थानीय सरकारले लिनु पर्दछ,” उहाँले भन्नुभयो ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले पछिल्लो समयमा महिला अधिकार उपयोगमा उल्लेख्य प्रगति भएको बताउनुभयो । सो अन्तरक्रिया कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले सातै प्रदेशमा हिंसाका क्षेत्रमा अपेक्षित परिवर्तन नभएकाले अभियानलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले कर्णालीको हिंसाको समस्यालाई राज्यले समाधान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रदेशसभाका सदस्य, नेपालस्थित बेलायत सरकार नियोगका प्रमुख रुरिक मार्सडेन, प्रदेश सचिव, ७९ स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षसहितको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group