ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैद र जरिवाना असुल गर्न बाँकी


admin
२४ मंसिर २०७५, सोमबार   ५ : ४३   बजे

दोलखा, २४ मङ्सिर । चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षको रुपमा मनाइरहँदा जिल्ला अदालत दोलखामा भने विभिन्न अपराधमा अभियोग लागेकाबाट करीब ८ सय वर्ष कैद र रु दुई करोड भन्दा बढी जरिवाना भुक्तान गर्न अझै बाँकी रहेको छ ।

२०१३ सालदेखि हत्या, डाका, चोरी, ज्यान मार्ने उद्योग लगायतका फौजदारी अभियोगमा अदालतबाट सजाय पाइ फरार अभियुक्तबाट उक्त कैद र जरिवाना असुल गर्न बाँकी रहेको अदालतले जनाएको ।

जिल्लाका चार सय दुईजना अभियुक्तबाट ८४३ वर्ष ६ महीना १३ दिन कैद र रु दुई करोड ७२ लाख ५६ हजार ९४४ जरिवाना भुक्तान हुन बाँकी रहेको दोलखा जिल्ला अदालतका डिठ्ठा कमलप्रसाद बस्यालले जानकारी दिनुभयो ।

अभियुक्तमध्ये कैद र जरिवाना दुबै सजाय तोकिएका १६९ जना रहेका छन् भने कैद सजाय मात्रै तोकिएका ८८ र जरिवाना मात्रै तोकिएका १४५ जना छन् । अदालतबाट सबैभन्दा बढी २५ वर्षसम्मको जेल सजाय तोकिएको छ ।

गत वर्षबाट जिम्मेवारी सरिएको ६९४ वर्ष ११ महीना १२ दिन र यो वर्षको १४८ वर्ष ६०१ दिन गरी सो बराबरको कैद भुक्तान हुन बाँकी रहेको अदालतले जनाएको छ । अदालतमा गत वर्षबाट जिम्मेवारी सरिआएको ७०७ वर्ष आठ महीना २१ दिन र चालु वर्षको नयाँ लगत १६४ वर्ष सात महीना १७ दिन गरी कूल ८७२ वर्ष चार महीना नौ दिन कैद भुक्तान हुन बाँकी रहेको अदालतले जनाएको छ ।

चालु वर्षको पहिलो त्रैमासिकको अवधिमा २८ वर्ष नौ महीना साढे २५ दिन कैद भुक्तान भएको छ ।

अदालतका अनुसार गत वर्षबाट जिम्मेवारी सरिआएको मध्येबाट १२ वर्ष नौ महीना नौ दिन कैदभुक्तान भएको छ भने चालु वर्षको नयाँ लगतबाट आठ वर्ष दुई महीना १९ दिन कैदभुक्तान भएको छ । त्यसैगरी कूल रु दुई करोड ८० लाख ३० हजार ९५७ जरिवानामध्ये चालु वर्ष रु सात लाख ७४ हजार १३ रुपैयाँ जरिवाना असुल भएको छ ।

गत वर्षबाट जिम्मेवारी सरिआएको रु दुई करोड ७१ लाख ५३ हजार ८४३ मध्ये रु सात लाख एक हजार ६२५ र रु आठ लाख ७७ हजार ११४ चालु वर्षको नयाँ लगतमध्ये रु ७२ हजार ३८८ असुल भएको हो ।

कतिपय अवस्थामा मान्छे फरार भएर, मृत्यु भएर तथा बेपत्ता भएका कारण पनि धेरै अगाडिदेखिको लगत फछर्याैट हुन बाँकी रहेका देखिएको दोलखा जिल्ला अदालतका न्यायधीश तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

दोलखामा मात्रै नभइ मुलुकभर अपेक्षा अनुसार लगत फछर्याैट हुन नसकेकाले कडाइका साथ असुलउपर गर्नका लागि मुलुकभर फैसला कार्यान्वयन वर्ष समेत शुरु भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu