ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला घटनाको दोषी उम्कन सरकारले दिने छैन्:  प्रधानमन्त्री ओली


admin
२४ मंसिर २०७५, सोमबार   ६ : ०४   बजे


काठमाडौं,२४ मङसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताउनुभएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दु:खद रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै भन्नुभयो, “दोषीको पहिचान ढिलोचाँडो हुन्छ, कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन ।” उहाँले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले थप्नुभयो, “विद्यालय जाने धेरै बालबालिका अझै पनि बाहिर रहेकाले आगामी वर्षदेखि कोही पनि बाहिर रहन नदिनका लागि सरकारले तयारी शुरु गरिसकेको छ ।”

उहाँले विगतका वर्षहरुमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसीमा बनेको ताल फुटेको खबरपछि गोसाइँकुण्ड गाउँपालिकाको सतर्कता

सम्बन्धित

विदेशबाट आईएमईमार्फत निःशुल्क राहत कोषमा रकम पठाउन सकिने

बीमा कसुरको आरोपमा हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

सुनको भाउमा निरन्तर गिरावट

बाढी प्रभावित नुवाकोट र रसुवामा ५०० थान सोलार पावर बैंक हस्तान्तरण

बाढी–पहिरो पीडितको राहतका लागि श्रृंखला र सम्भवले २५ लाख रुपैयाँ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu