ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिटो सरकार फेरिने परम्परा अन्त्य : मन्त्री शक्ति बस्नेत


एबीसी न्यूज
२६ मंसिर २०७५, बुधबार   १ : ५०   बजे

भक्तपुर, २६ मङ्सिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभएको छ ।

भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको आठ नौ महीना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्नेछ ।”

मन्त्री बस्नेतले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउँदै भक्तपुरमा निर्माण हु्न लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट शुरु हुने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “उद्यानको यस वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सकिएलगत्तै उद्यान निर्माण शुरु हुन्छ, बजेट दिन अर्थमन्त्रालय सकारात्मक छ, तीन चरणमा निर्धारित समय मै सम्पन्न हुने प्राणी उद्यान निर्माण कार्यको पहिलो चरणको काम यहीवर्ष सम्पन्न हुन्छ ।”

सांसद महेश बस्नेतले भक्तपुरको सफाइ अभियान नेपालकै नमूना अभियान भएको बताउँदै तीन महीनाभित्र भक्तपुरमा धूलोसमेत नउड्ने गरी सफा हुने दाबी गर्नुभयो । अरनिको राजमार्गखण्डको सर्भिस ट्रयाकलाई तत्काल खाली गर्न, फुटपाथमा राखिएको पसल विकल्प दिएर हटाउन यहाँका वडाध्यक्षलई निर्देशन दिँदै उहाँले भक्तपुरलाई सूर्यविनायक नगरपालिका र मध्यपुर नगरपालिकाको सुरक्षित, उज्यालो र सफा बनाउन भोलिदेखि नै काम शुरु हुने बताउनुभयो । उहाँले प्राणी उद्यानको काम तीव्र गतिमा सञ्चालन गर्न र पर्याप्त बजेट पठाउन अर्थमन्त्रालयसँग आग्रह गर्दै बस्नेतले प्राणी उद्यानलाई यस वर्ष रु ३३ करोड बजेट मात्रै आएकाले कम्तीमा दुई अर्ब बजेट पठाउन माग गर्नुभयो ।

त्यस्तै मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक र बनेपा नगरपालिकालाई फोहर संकलन गर्ने डस्टबिन वितरण गर्नुभयो । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu