ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त फेरि पक्राउ


एबीसी न्यूज
२६ मंसिर २०७५, बुधबार   ५ : ३४   बजे

 

काठमाडौँ, २६ मंसिर । ललितपुरको गोदामचौरमा भएको सामूहिक बलात्कार घटनाका दुई अभियुक्त फेरि पक्राउ परेका छन् । यसअघि जिल्ला अदालतको आदेशले तारेखमा छुटेका उनीहरुलाई उच्च अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको विशेष टोलीले घटनाका अभियुक्त गोदावरी नगरपालिका गोदामचौरका २१ वर्षका विशालध्वज कार्की र २१ वर्षकै पवन कुँवरलाई बुधबार दिउँसो ललितपुरको गोदावरीबाट पक्राउ गरेको हो । यसअघि गत वर्ष पुस २६ गते उनीहरुलाई जिल्ला अदालतले तारेखमा छाड्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले गत वर्षकै पुस २५ गते उनीहरुलाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको थियो ।

घटनामा रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये सिलवाल पक्राउ परेका छैनन् । उनीहरुले अघिल्लो वर्ष मंसिसर २ गते माइतीबाट फर्किरहेका बेला एक महिलालाई सामूहिक बलात्कार गरेका थिए । मंसिर ३ गते तोरीबारीमा अचेत अवस्थामा फेला परेकी उनको टाउकोमा ढुंगा प्रहार गरिएको थियो ।

ज्यान मार्ने उद्योग, सामूहिक बलात्कार र चोरी मुद्दाका अभियुक्तहरूलाई ललितपुरका जिल्ला न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा रिहा गरेको थियो । त्यसपछि उनीहरू फरार थिए । ज्यान मार्ने उद्योग र सामूहिक बलात्कारको मुद्दामा साधारण तारेखमा छोड्न नमिल्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu