ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण शुरु


admin
२९ मंसिर २०७५, शनिबार   १ : ३२   बजे

म्याग्दी, २९ मङसिर। म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोतस्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण शुरु भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मन्दिर पुनःनिर्माणकार्यको शुक्रबार शिलन्यास गर्नुभयो । १६औँ शताब्दीमा तत्कालीन राजाले निर्माण गरेको मन्दिर विसं २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो ।

सरकारी निकाय र समुदायबाट आर्थिक सहयोग जुटाएर पुनःनिर्माण शुरु गरिएको वडाध्यक्ष कलानिधि सुवेदीले बताउनुभयो । करीब रु ८० लाख लागत अनुमान गरिएको मन्दिर पुनःनिर्माणका लागि स्थानीयवासी र प्रवासीबाट हालसम्म रु २९ लाख सहयोग घोषणा भएको छ ।

कार्यक्रममा मन्त्री र सांसद भुपेन्द्रबहादुर थापाद्वयले पुनःनिर्माणका लागि सरकारको तर्फबाट बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारले धार्मिक, पर्यटकीय, ऐतिहासिकस्थलको संरक्षण र प्रवद्र्धनको माध्यमबाट पर्यटन विकास गर्ने योजना बनाएको उहाँहरुको भनाइ थियो ।

पुरातत्व विभागबाट अनुमति लिएर उसले स्वीकृत गरेको डिजाइनअनुसार ऐतिहासिक महत्वका हातहतियार, मूर्ति, भाँडाकुँडा रहेको जगन्नाथ मन्दिरको भित्री संरचना र स्वरुपलाई यथावत राखेर जीर्णोद्धार गरिने गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।

कोत घरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । सुरुङ, छेलोको खत, ओखल, गस्तीस्थल, पर्खाल, इँटा, बङ्कर, ओदान, मन्दिर, मूर्ति, फलामको छाता, माटाको शङ्ख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुङ्गालगायत सामग्री छन् ।

ताकमकोत म्याग्दीको प्रमुख शक्तिपीठ मानिन्छ । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट बाइसे÷चौबीसे राज्यका पालामा थापा राजाले २०० वर्षसम्म राज्य सञ्चालन गरेको इतिहास छ ।

यहाँबाट गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे« हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ । मन्दिरमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेको पुजारी गोविन्द पौडेलले बताउनुभयो ।

पुजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा पूजाआजा र भाकल गरी बली चढाउन भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group