ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाबाट इलाम जोड्ने फाष्टट्र्याक कालोपत्रे हुने


admin
२९ मंसिर २०७५, शनिबार   १ : ४९   बजे

पशुपतिनगर, २९ मङ्सिर । झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो ।

झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पार गर्नुपर्ने भए पनि यो सडक बनेमा ५३ किलोमिटरमा यात्रापछि इलाम पुगिनेछ ।

झापादेखि पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ यात्रा गर्न छिटो हुने सडकलाई बहुवर्षे ठेक्कामार्फत कालोपत्रे गर्नका लागि प्रक्रिया अघि बढेको माई नगरपालिका प्रमुख दीपक थेवेले बताउनुभयो ।

इलामको राजदुवालीको माईपुलदेखि मेचीराजमार्गमा जोड्ने सडक कालोपत्रेका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको छ ।

ट्र्याक निर्माण भएको पाँच दशकपछि सडक कालोपत्रेका लागि प्रदेश सरकारले कालोपत्रेको योजना अघि सारेको इलाम क्षेत्र नं २ ‘ख’ धीरेन्द्र शर्मा ‘रमण’ ले बताउनुभयो । ३७ किमी सडक निर्माणका रु एक अर्ब १५ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।

लामो सडक र ठूलो बजेट खर्च हुने भएकाले सबै नेपाली निर्माण व्यवसायीको क्षमता नभएकाले प्याकेज छुट्याएर निर्माणको काम अघि बढाउने पूर्वाधार विकास कार्यालयका डिभिजन प्रमुख राजेश कर्णले बताउनुभयो । चार वटा प्याकजेमा ३७ किमीलाई छुट्टयाएर पहिलो चरणमा १० किमीको बहुवर्षे ठेक्का स्वीकृत गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group