ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतकी गौरीकला हत्याका अभियुक्तलाई ३२ वर्ष जेल


एबीसी न्यूज
२ पुस २०७५, सोमबार   ७ : २१   बजे

 

सुर्खेत, २ पुस ।  पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ ।

पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई अदालतले दोषी ठहर गरेको हो । दोषी ठहर तीनै जनालाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार अधिकृत भुपाल भण्डारीले जानकारी दिनुभयो ।

गौरीकलाको बलात्कारपछि हत्या भएको घटनामा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चैत्र १३ गते जाहेरी दर्ता भएको थियो भने २०७५ वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले उक्त फैसला सुनाएको हो । मृतकका हकवालाई रु एक लाख क्षतिपूर्ति भराइलिने गरी अदालतद्वारा फैसला भएको जनाइएको छ । सूर्यप्रकाश मावि पञ्चपुरी– ४ सुर्खेत पलैटेबाट २०७४ चैत ८ गते माध्यमिक परीक्षा दिन रोकाया बाबियाचौर पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी: कर्णालीका २१६ मध्ये ३१ जनाको भयो सम्पर्क

रसुवाको बाढीले सार्वजनिक यातायातमा व्यापक क्षति, दर्जनौं बस सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu