ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरमा मध्यराति बिरामी बनेर ट्याक्सी चढेका लुटेरा


एबीसी न्यूज
४ पुस २०७५, बुधबार   ८ : ५८   बजे

 


काठमाडौँ, ४  पुस । ललितपुरमा मध्यराति यात्रु बनेर चढेका दुई लुटेराले छुरा हानेर ट्याक्सी चालकलाई गम्भीर घाइते बनाएका छन्।

बा १ ज ६१५७ नम्बरको ट्याक्सी चालक ४२ वर्षीय डम्बर खड्कालाई मंगलबार राति छुरी हानिएको हो। छुरी प्रहारबाट उनको देब्रे आँखा फुटेको छ।

ललितपुरस्थित पुल्चोक सेन्ट जेभियर्स स्कुलनजिक दमकल भन्ने स्थानबाट बिरामी बनेर शंखमुल जाने भनी उक्त ट्याक्सी चढेका दुई व्यक्तिले बालकुमारी पुलबाट करिडोरको पाँच सय मिटर पश्चिम पुगेपछि चालक खड्कामाथि अचानक धारिलो हतियार प्रहार गरेका थिए।

अन्दाजी २५ वर्षीय कालो वर्णका युवक र ३५ वर्षीय गोरो वर्णका हल्का दारी पालेका व्यक्तिले आफूमाथि छुरी प्रहार गरी लुटपाट गरेको पीडित चालकले बताएका छन्। उनीहरूले आफूसँग रहेको ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट लुटेर लगेको उनले बताए।

प्रहरीका अनुसार लुटेराहरूको आक्रमणबाट चालक खड्काको बायाँ आँखा फुट्नुका साथै टाउकामा गम्भीर चोट लागेको छ।

पाटन अस्पतालपछि थप उपचारका लागि घाइते खड्कालाई बुधबार बिहान पौने ४ बजेतिर वीर अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group