ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्या प्रकरण १ सय ५० दिन , पक्राउ गरिएका चौधरी रिहा


एबीसी न्यूज
८ पुस २०७५, आइतबार   ९ : ४२   बजे

महेन्द्रनगर, ८ पुस । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न रहेको आश‌ंकामा पक्राउ गरिएका विशाल चौधरीलाई रिहा गरिएको छ।

अनुसन्धानका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेका भीमदत्त नगरपालिका–१८, सालघारीका १६ वर्षीय विशाल चौधरीलाई शुक्रबार रिहा गरिएको हो। तर, प्रदिपलाई भने हालसम्म पनि हिरासत मुक्त गरिएको छैन। उनलाई सिआइबीकै हिरासतमा राखिएको छ।

विशाललाई शनिबार नै परिवारको जिम्मा लगाइएको छ। प्रहरीले भने गएको शुक्रबार विशाललाई नै बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाएर छोडेको थियो। शनिबार काठमाडौंबाट महेन्द्रनगर ल्याएर विशाललाई बुबा वीरवहादुर चौधरीको जिम्मा लगाइएको केन्द्रले जनाएको छ।

बलत्कार र हत्यामा संलग्न भएको आरोपमा सिआइबीको टोलीले भीमदत्त नगरपालिका– १८, भगतपुर १७ वर्षीय प्रदीप रावललाई गएको मंसिर १८ मा नियन्त्रणमा लिएको थियो। उनै रावलको बयानका आधारमा मंसिर १९ गते कञ्चनपुरबाट विशाल र दिनेश चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको थियो।

साविती बयानमा रावलले अपराध स्वीकारेको भनिएपनि यी तीनै जनाको डिएनए भने म्याच भएको थिएन।

उनीहरुलाई हत्यामा संलग्न भएको आशंकमा पक्राउ गरिए पनि परिवारले भने रावल र चौधरी त्यसबेला (साउन १०–११) गते प्रहरी हिरासतमै भएको दाबी गर्दै आएका छन्। कुखुराको मासु पसल चोरी गरेको आरोपमा निर्मला पन्तको हत्याको बेला उनीहरु प्रहरी हिरासतमै रहेको परिवारका सदस्यले बताएका हुन्।

निर्मला हत्या भएको आज १ सय ५० दिन भइसकेको छ। तर, सरकारले हालसम्म पनि हत्यारा पक्राउ गर्न सकेको छैन। यसैबीच निर्मलाकाे हत्या भएकाे लामाे समय बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेकाे भन्दै विराेध स्वरुप आज काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरिने भएकाे छ। सडकमा ‘दण्डहिनताकाे १ सय ५० दिन’ लेखेर विराेध जनाइने परिवर्तनका लागि युवा अभियान नेपालले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणी नदी किनारमा १३० शव भेटिए, खोजीमा सुरक्षाकर्मीसहित स्थानीय परिचालन

भोटेकोशी बाढीबारे सभामुख अर्यालले संसद् सचिवालयका पदाधिकारीसँग गरे छलफल

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu