ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्ड विपरीत बनेका संरचना भत्काउन स्थानीय प्रशासनको आग्रह


admin
१२ पुस २०७५, बिहिबार   ६ : १२   बजे

भीमदत्तनगर,१२ पुस । कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्ड विपरीत अवैध रुपमा बनिरहेका घर भत्काउन स्थानीय प्रशासनले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

नगरको गुरुयोजनालाई नै असर पार्ने गरी मनोमानी ढङ्गले घर बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक सूचना प्रकाशित गरी त्यस्ता संरचनाहरु एक महीनाभित्र भत्काएर लैजान सम्बन्धित सबैमा आग्रह गरेको छ ।

अवैध रुपमा निर्माण भएका त्यस्ता संरचना भत्काएर नलगे कानूनबमोजिम कारवाही गरिने कञ्चनपुरका प्रजिअ तारानाथ अधिकारीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका पाँच जना प्रदेशसभा सदस्यले बुधबार नगरविकास समितिको जग्गामा बनिरहेका अवैध संरचना तत्काल रोक्न माग गर्नुभएको थियो ।

नगरविकास समितिबाट लामो समयका लागि लिजमा जग्गा लिएर यहाँको सिटीहल क्षेत्र, बजारको मुख्य स्थानमा झण्डै सयभन्दा बढी घर निर्माणाधीन अवस्थामा छन् ।

नगर विकास समितिसँग सम्झौता हँुदा लिजको जग्गामा अस्थायी घर-टहरा बनाउनुपर्ने प्रावधान रहे पनि यहाँ धमाधम पक्की संरचना बन्दैछन् । प्रक्रिया नपु¥यारै यसअघिको नगर विकास समितिको नेतृत्वले वितरण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । ६३७ बिघा जमीन रहेको महेन्द्रनगर नगर विकास समितिसँग अहिले ६० बिघा बराबर मात्रै बाँकी रहेको नगरविकास समितिले जनाएको छ ।

त्यसैगरी लिज प्रकरणमा अनियमितता भएको भन्दै शहरी विकास मन्त्रालय अढाई वर्षदेखि समितिलाई प्रशासनिक कामबाहेक अरू काम गर्न रोक लगाएको छ ।

महेन्द्रनगर नगर विकास समितिका सूचना अधिकारी पुष्पराज भट्टले नगर विकास समितिले पनि लामो समयदेखि अवैध रुपमा संरचना नबनाउन आग्रह गर्दा पनि वास्ता नगरेको बताउनुभयो ।

“निर्माण अवैध रुपमा भयो, रोक्नुस् भनेर हामीले पटक÷पटक सूचना जारी गर्नाका साथै समितिबाट काम रोक्न निर्णय पनि भएको छ,” उहाँले भन्नुभयो, “तर संरचना निर्माण रोकिएन ।” उहाँले प्रशासनको सक्रियतापछि बुधबार साँझदेखि भने निर्माण रोकिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group