ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानूनमा स्थानीय सरकारका सुझाव समेट्न आग्रह


admin
१३ पुस २०७५, शुक्रबार   २ : १२   बजे

काठमाडौं,१३ पुस । स्थानीय सरकारका प्रतिनिधिले नयाँ सङ्घीय कानूनको तर्जुमा र मौजुदा कानूनको संशोधन कार्यमा सम्बद्ध सरोकारवालाको रायसुझावलाई पर्याप्तमात्रामा समेट्न आग्रह गर्नुभएको छ ।

आगामी फागुन २० गतेको समय सीमालाई मध्यनजर गर्दै नेपाल सरकारले मौजुदा सङ्घीय कानूनको संशोधन, खारेजी तथा नयाँ कानून तर्जुमा प्रक्रिया तीव्रगतिमा अघि बढाइरहेको सन्दर्भमा स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाले ध्यानाकर्षण भएको जनाउनुभएको हो ।

जिल्ला समन्वय समिति महासङ्घ, नेपालका अध्यक्ष सीता सुन्दास, नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यञ्जु श्रेष्ठ र गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले विज्ञप्तिमार्फत सो आग्रह गर्नुभएको छ ।

“सङ्घीय संसद्को हिउँदे अधिवेशनमा छलफलका लागि ठूलो सङ्ख्यामा विधेयक दर्ता हुन लागेको र धेरैजसो कानूनको मस्यौदा गर्दा सरोकार पक्षसँग परामर्श नगरी सम्बद्ध मन्त्रालयका अधिकारीको तजविजमा मात्र तयार भएको बुझिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।

सङ्घले जारी गरिदिनुपर्ने सङ्घीय कानून र साझा अधिकार सूचीमा रहेका अधिकारको कार्यान्वयन गर्न बनाउने सङ्घीय कानून तर्जुमाका क्रममा तीनवटै तहका सरकारबीचको आपसी छलफल र संवादलाई प्राथमिकतामा राख्न उहाँहरुको आग्रह छ ।

स्थानीय सरकारका संवैधानिक अधिकार सुनिश्चित गर्न र तीनवटै तहका सरकारबीचको अन्तरसम्बन्ध र समन्वयको व्यवस्था थप प्रष्ट पार्ने गरी कानून तर्जुमा प्रक्रिया यथाशीघ्र अघि बढाउन सरकार र सङ्घीय संसद्को ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group