ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार देश,जनताप्रति जिम्मेवार र जवाफदेही छ : मन्त्री बाँस्कोटा


admin
१३ पुस २०७५, शुक्रबार   ७ : २१   बजे

काभ्रेपलाञ्चोक, १३ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार देश र जनताप्रति जिम्मेवार तथा जवाफदेही रहेको बताउनुभएको छ ।

मण्डन देउपुर नगरपालिका साक्षर नगरपालिका घोषणा तथा सार्वजनिक सुनुवाई कार्यक्रमलाई आज कुन्तामा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार देश, जनताप्रति जिम्मेवार र जवाफदेही छ, तपाईहरु कोही कसैको भ्रममा नपर्नुस् ।” विकासको गतिशीलता तीव्र पारिरहेको सरकारका बारेमा भ्रम फैलाउनुको कुनै अर्थ नहरेको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले तीन तहको सरकार नयाँ प्रयोग र अवसर भएकाले चुनौति पनि उत्तिकै रहेको बताउनुभयो । “अब कुनै काम गर्न सदरमुकाम धाउनुपर्दैन, घरदैलोमै सरकार छ, स्थानीय सरकारबाट भरपुर सेवा लिनुस्, सरकार यसमा प्रतिबद्ध छ,” उहाँले भन्नुभयो । वर्तमान सरकार थितीमै चलेको उहाँले बताउनुभयो ।

उहाँले विकास निर्माणका विषयमा चित्त नबुझे स्थानीय सरकारसँग सोध्न सकिने र स्थानीय सरकारले जिम्मेवारीपूर्वक जवाफ पनि दिन्छ भन्नुभयो । मन्त्री बाँस्कोटाले समायोजन प्रक्रियाअन्तर्गत खटाइएको स्थानमा कर्मचारी नगए कानूनअनुसार तत्काल कारवाही गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार नै कर्मचारी समायोजन गरिएको हो, खटाइएको स्थानमा नगए तत्कालै कारवाही हुन्छ ।” सबै सुविधा पाएर पनि कर्मचारीले विभिन्न बहाना बनाउनु झुट भएको उहाँको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले ८९ हजार कर्मचारीमध्ये २१ हजार प्रदेश र करीब ४६ हजार कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कर्मचारीलाई आवश्यक सेवा र सुविधा दिएका छौँ, सरकारले कर्मचारीलाई सुविधा दिएन भनेर संसद्को किनारामा बसेर फलाक्नु बेअर्थ छ ।”

मन्त्री बाँस्कोटाले सो अवसरमा मण्डन देउपुरस्थित सबै सामुदायिक विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था गरिने बताउनुभयो । उहाँले गत एसइई परीक्षामा उत्कृष्ट सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष तथा विभिन्न विद्यालयका विषयगत शिक्षकलाई सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu