ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिको आधुनिकीकरणले नै राष्ट्र समृद्ध हुन्छ : उपप्रधानमन्त्री यादव


admin
१४ पुस २०७५, शनिबार   ६ : १९   बजे

पर्सा, १४ पुस । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मुलुकलाई औद्योगिक र कृषिको आधुनिकीकरणबाट राष्ट्रलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ ।

सरकारले घोषणा गरेको ‘खुशी नेपाल समृद्ध नेपालको नारालाई मूूर्तरुप दिन कृषिको आधुनिकीकरण, उत्पादनमूलक औद्योगिकीकरण, जलस्रोतको विकाससँगै पर्यटनको विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

निधि बचत तथा ऋण सहकारी संस्थाको आज वीरगञ्जमा आयोजित सातौँ वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकमा विद्यालयमा बेरोजगारीको समस्यालाई अन्त्य गर्नका लागि र छिटो समृद्धि हासिल गर्नका लागि औद्योगिकीकरण तथा कृषिलाई आधुनिकीकरण गर्न जरुरी रहेको प्रष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री यादवले आम नेपालीको स्वास्थ्यप्रति सरकार गम्भीर रहेको र आधारभूत उपचार सेवा निःशुल्क हुनुपर्ने मान्यताका साथ सरकार अघि बढेको जानकारी दिनुभयो । उहाँले देशभरि एक हजार २०० नयाँ प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने सरकारले निर्णय र स्वास्थ्य केन्द्रको निर्माण कार्यसमेत प्रारम्भ भइसकेको जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री यादवले निर्माण हुने नयाँ स्वास्थ्य केन्द्रले आम नेपाली जनतालाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गर्नुभयो । वीरगञ्जको नारायण उपक्षेत्रीय अस्पतालाई केन्द्रीय अस्पतालका रुपमा विकास गर्ने तयारीमा नेपाल सरकार रहेको जानकारी दिँदै उहाँले जग्गा खोजी राख्न सम्बन्धित निकाय र व्यक्तिलाई आग्रहसमेत गरिएको बताउनुभयो ।

सङ्घीय समाजवादी फोहर (नेपाल)को केन्द्रीय अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेको अधिकारका लागि प्रयत्नरत रहने नीतिअनुरुप आफ्नो पार्टी सरकारमा सहभागी भएको जानकारी दिनुभयो ।

नेपाली जनताको लामो सङ्र्घष र मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई संविधानमा संस्थागत गर्दै उहाँले बाँकी रहेको अधिकारीका लागि सरकारभित्रबाटै सङ्र्घषमा लागेको बताउनुभयो ।

सहकारी संस्थाका अध्यक्ष प्रेम चूडामणि बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहलाई प्रतिनिधिसभाका सदस्य प्रदीप यादव, हरिनारायण रौनियार, प्रदेश नं २ का प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीलगायतका वक्ताले सम्बोधन गर्दै सहकारी संस्थाले केषिको विकासमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group